अनमोल के.सीको मुख्य भूमिका रहेको बर्षकै प्रतिक्षित चलचित्र 'कृ'को ट्रेलर सार्बजनिक गरिएको छ । शुक्रबार(आज) काठमाडौँमा एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्बजनिक गरिएको हो ।
बलिउड अभिनेता अक्षय कुमार अभिनित चलचित्रको ‘प्याड म्यान’को ट्रेलर सार्वजनिक भएको छ । महिलामा हुने पीरीयडको समस्या देखाइएको उक्त चलचित्रमा अक्षय समाजसेबकको रुपमा देखिएका छन् l
निर्वाचन कै कारण केहि समय यता नेपाली चलचित्रहरु प्रर्दशनमा आएका थिएनन् जसका कारण हलमा नेपाली चलचित्रको खडेरी लाग्यो र केहि चलचित्रहरु पुनः प्रर्दशनमा आए ।नेपाली बजारमा यो साता दुई नेपाली चलचित्र प्रर्दशनमा आएका छन्, 'माइ लभ' र 'गोरे' ।
चलचित्र 'रोमियो र मुना'को 'स्याण्डविच सङ्ग' सार्बजनिक गरिएको छ । काठमाडौँमा एक कार्यक्रमका बीच चलचित्रको गीत सार्बजनिक गरिएको हो । कार्यक्रममा नायक विनय श्रेष्ठ फरक स्टाइलले प्रस्तुत भएका थिए ।
चलचित्र 'पञ्चेबाजा'को 'घिन घिन मादल' बोलको गीत सार्वजनिक गरिएको छ । फाल्गुन ११ गतेलाई प्रर्दशन मिती तोकेर प्रचारप्रसारको पहिलो खुड्किलो स्वरूप चलचित्रको गीत सार्बजनिक गरिएको हो ।
सायद कोहि नेपाली छन् होला जसले 'साइली' गीत सुनेका छैनन् । हो सोही सर्बाधिक चर्चित गीत 'साइली'को बिषयवस्तुलाई लिएर सोही नामको चलचित्र 'साइली'को आज औपचारिक घोषणा गरिएको छ ।
बर्षकै प्रतिक्षित चलचित्र 'कृ'को रोमान्टिक पोस्टर सार्बजनिक गरेसंगै ट्रेलर सार्बजनिक गरिने मिती पनि तय गरिएको छ । चलचित्रको ट्रेलर यहि शुक्रबार सार्बजनिक गरिने निर्माण पक्षले जनाएको छ ।
यस अघि बलिउड स्टार प्रियंका चोपडाले निर्माण गरेको चलचित्र ‘काशी अमरनाथ’मा देखिएकी थिइन् नेपाली अभिनेत्री जेनिशा केसी । अभिनेत्री केसी यतिबेला बलिउडमा आफ्नो स्थान बनाउने प्रयासमा छिन् ।
तीन युवाको यौन मनोविज्ञानको कथालाई लिएर चलचित्र 'मिस्टर भर्जिन' बन्ने भएको छ । बुधवार एक कार्यक्रमका बीच चलचित्रको औपचारिक घोषणा गरिएको हो । 'मिस्टर भर्जिन'मा गौरब पहारी, बिजय बराल र कमलमणि नेपाल मुख्य तीन पात्रका रुपमा रहेका छन् ।
‘ईकु’को नामले चर्चित कलाकार सुलेमान शंकरको प्रस्तुती रहेको चलचित्र 'फिर्के' नेपाल पछि अमेरिकामा पनि प्रर्दशन हुने पक्का भएको छ । चलचित्र निर्माण कम्पनी एस.एम.एस. फिल्म्स र अमेरिकामा प्रदर्शनको लागि लक्षिन फाउण्डेशनका बीच सम्झौता भएको चलचित्रका प्रस्तुतकर्ता तथा कलाकार सुलेमान शंकरले बताएका छन् ।