चलचित्र 'पर्खी बसें'बाट नेपाली चलचित्रमा उदाएका थिए, अभिनेता राजभल्लव कोइराला । त्यसअघि पोखरा मै रहेर रेडियो प्रस्तोताको रुपमा पनि उनले प्रसिद्धि कमाईसकेका थिए । दुई दर्जन नेपाली चलचित्रमा काम गरीसकेका कलाकार हुन् कोइराला । उनको अन्तिम प्रर्दशन भएको चलचित्र हो 'ऋतु' ।
छायांकनको क्रममा रहेको चलचित्र ‘कागजपत्र’को फस्ट लुक सार्बजनिक गरिएको छ । चलचित्रमा नाजिर हुसेन, सिल्पा मास्के, भोलाराज सापकोटा, सरिता गिरी, खिलेन्द्र तिमल्सिना लगायतको अभिनय रहेको छ । चलचित्र युनिटले छायांकन स्थलबाटै कलाकारको लुक्स सार्बजनिक गरेको हो ।
युकेमा यतिबेला छायांकनको क्रममा रहेको चलचित्र ‘लिलिबिली’ को रिलिज डेट हेरफेर हुने भन्ने गसिपले चलचित्र बजारमा राम्रै चर्चा पायो । तर निर्माता गोविन्द शाहीका अनुसार चलचित्र पुर्वनिर्धारित मिति चैत्र ३० गते नै प्रर्दशन हुनेछ ।
धुर्मुस सुन्तली फाउण्डेशनको एकीकृत नमुना बस्ती निर्माण कार्य यतिबेला तिब्र गतिमा चलिरहेको छ । रौतहट जिल्ला, चन्द्रपुर नगरपालिका वडा नं. ८ स्थित सन्तपुर दलित बस्तीमा 'एकीकृत नमुना सन्तपुर बस्ती' निर्माण भइरहेको हो ।
अभिनेत्रीहरुको लागी कुनै पनि सभा समारोहमा पहिरनको बिशेष महत्व हुन्छ । अझ त्यस माथि अवार्ड लगायतका कार्यक्रममा नायिकाहरुले पहिरनमा निकै ध्यान दिन्छन् तर पहिरन कै कारण नायिकाहरुले कतिपय समयमा समस्या झेली रहेका हुन्छन् ।
द फ्रेम क्रियसनको प्रस्तुति रहेको चलचित्र 'बटरफ्लाई'को ट्रेलर सार्बजनिक गरिएको छ । सस्पेन्स सहितको ट्रेलरमा कलाकार आर्यन अधिकारी दुई फरक पात्रका रुपमा प्रस्तुत भएका छन् ।
सुशील श्रेष्ठ, रुबिना थापा र विश्वजित रिमालको मुख्य भूमिका रहनेगरी चलचित्र ‘लभ डायरिज’को घोषणा गरिएको छ । निर्माण युनिटले फरक शैलीमा यु -ट्युब मार्फत भिडियो सार्बजनिक गर्दै चलचित्रको औपचारिक घोषणा गरेको छ ।
चलचित्र ‘हुर्रे’को ‘ठेकीमा दही’ बोलको गीत सार्बजनिक गरिएको छ । सार्बजनिक गीतमा राजनराज सिवाकोटी र मिलन अमात्यको स्वर भरेका छन् । राजनराज सिवाकोटी आफैले संगीत भरेको उक्त गीतलाई राजेन्द्र थापाले लेखेका हुन् ।
नाजिर हुसेन र केकी अधिकारी स्टारर चलचित्र 'राज्जा रानी'को ट्रेलर सार्बजनिक गरिएको छ । मधेशमा रहेको दाइजो प्रथाको वरीपरी चलचित्रको बिषयबस्तु घुमेको छ । चलचित्रमा नायक नाजिर हुसेन राज्जा र केकी अधिकारी रानीको रुपमा प्रस्तुत भएका छन् ।
निर्देशक झरना थापा र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह यतिबेला आफ्नो चलचित्र 'ए मेरो हजुर २'को प्रर्दशनका लागि अस्ट्रेलियामा रहेका छन् । केहि दिन अघि मात्रै चलचित्रले पहिलो शोबाट राम्रो प्रतिक्रिया बटुलेको थियो ।