2083 अश्विन 15, विहिबार

‘ह्याप्पी न्यु इयर’को नयाँ गीत ‘मुटु’ सार्वजनिक (भिडियो) 

यही पौष १४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘ह्याप्पी न्यु इयर’को नयाँ गीत सार्वजनिक भएको छ । ‘मुटु’बोलको गीत सोमबार साझ युट्युबमार्फत रिलिज गरिएको हो । सार्वजनिक गीतमा सनुप पौडेलको स्वर, किरण माइकलको शब्द तथा सङ्गीत रहेको छ ।

पाँच तस्बिरमा हेर्नुस् वर्षा र बुद्धिको प्रेम (फोटो फिचर) 

यति बेला चलचित्र ‘भैरे’को छायाङ्कन अप्पर मुस्ताङको लोमाङथाङमा भइरहेको छ । चलचित्रलाई निर्देशक सूर्य बोहोरा एभ्रेष्टले निर्देशन गर्दै छन् ।

मोबाइलबाट फिल्म खिचेर पुरस्कार जित्ने अवसर 

सर्वनाम थिएटरले ‘ मोबाइल लघु सिनेमा प्रतियोगिता ’को आयोजना गर्ने भएको छ । आइतबार सर्वनाम थिएटरमा आयोजना गरिएको एक कार्यक्रम बिच ‘दृश्यांश’को दोस्रो संस्करण घोषणा गरिएको हो ।

‘शुभयात्रा साँझ’मा हेमन्तको ‘साइली’ देखि सन्दिपको कमेडीसम्म 

यूएइमा यही डिसेम्बर २२ तारिकमा हुन लागेको ‘शुभयात्रा साँझ’लाई आयोजकहरु तयारीमा जुटेका छन् । ग्रष्मा इन्टरटेन्मेन्टको प्रस्तुतिमा आयोजना हुन लागेको उक्त कार्यक्रममा नेपालबाट ५ चर्चित कलाकारहरूले प्रस्तुति दिने भएका छन् ।

विराटनगरबाट सुरु भयो केकी र नाजिरकाे ‘राज्जा रानी’ प्रमोसन 

यही पुस २१ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘राज्जा रानी’ले मोफसलको यात्रा सुरु गरेको छ । मोफसल प्रमोसनको लागी चलचित्र युनिट यति बेला बिराटनगर पुगेको छ ।

आयुष्मानको जन्मदिनमा प्रियंकाको उत्साह (फोटो फिचर)

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराजको प्रेमसम्बन्ध कोहीसँग लुक्न सकेको छैन ।

२८ वर्ष लागिन् केकी, ‘राज्जा रानी’ टिमसँग मनाइन् जन्मदिन 

नेपाली सिने नगरी अब्बल अभिनयले परिचित अभिनेत्री केकी अधिकारीले आइतबार आफ्नो जन्मदिन मनाएकी छिन् । केकीको जन्म २०४६ साल पुस २ गते काठमाडौँको जोरपाटीमा भएको थियो ।

‘इन्डियाज नेक्स्ट टप मोडल’मा नेपालकी सविता फस्ट रनरअप

भारतको चर्चित रियालिटी सो ‘इन्डियाज नेक्स्ट टप मोडल’को तेस्रो संस्करणमा यस पटक नेपालकी सविता कार्कीले फस्ट रनरअप जितेकी छिन् । शनिवार भएको फाइनलमा उत्कृष्ट तीनमा छानिएकी सविताले पहिलो रनरअपको उपाधि जितेकी हुन् । प्रतियोगिताको शीर्ष उपाधि अमदाबादकी रिया सुवोधले हात पारिन् ।

अनमोल भन्छन् ‘५० लाखको अफर आएको हो’ 

केही साता पहिले नायक अनमोल केसीलाई अभिनेत्री झरना थापाले चलचित्रको लागी ५० लाखको अफर गरिएको समाचार बाहिरिएको थियो । मिडियामा राम्रै स्थान पाएको उक्त समाचारको खण्डन गर्दै अभिनेत्री झरना थापाले अन्तवार्ता दिदैँ अनमोललाई ५० लाखको अफर नगरेको बताएकी थिइन् ।

अनमोल स्टारर 'कृ' ट्रेलरका रेकर्डहरु, ट्रेन्डिङ्गको पहिलो स्थान कब्जा

बहु प्रतिक्षित चलचित्र 'कृ'को ट्रेलरले नयाँ रेकर्ड कायम गरेको छ । २४ घण्टा पनि नपुग्दै ट्रेलरले सबै भन्दा बढी पटक हेरिएको ट्रेलरको रेकर्ड आफ्नो पोल्टामा पार्न सफल भएको हो । साथै ट्रेलरले रिलिजको १ घण्टा मै सर्बाधिक पटक हेरिएको रेकर्ड पनि कायम गरेको छ ।