शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘फिर्के’ युनिट यतिबेला चलचित्रको प्रतिक्रिया दौडधुपमा देखिएका छन् ।प्रदर्शन पछि दर्शकको प्रतिक्रिया बुझ्न हलहल गएका चलचित्रका कलाकार तथा निर्माता सुलेमान शंकर ’ईकु’ र निर्देशक रवि डंगोल ’बेमान’ले दर्शकको प्रतिक्रियाले उत्साहित रहेको बताएका छन् ।
नारी प्रधान चलचित्र ‘निर्जला’ को सम्पूर्ण छायाङ्कन सम्पन्न भएको छ । भक्तपुरको घ्याम्पे डाँडामा दसैँको गीत खिच्दै फिल्मको इन्डक्ल्याप गरिएको हो । दिनेश सुवेदीको शब्दमा बाबुल गिरीको सङ्गीत समावेश दसैँ स्पेशल गीतमा सुजता बर्मा र बाबुलले स्वर भरेका छन् । यो गीतमा किशोर खतिवडा, शुभेच्छा थापा, निकास शर्म
‘ए सोल्टिनी’को नयाँ गीत सार्वजनिक भएको छ । एकसाता अघि काठमाडौँमा आयोजित एक कार्यक्रममा चलचित्रको पोस्टर, गीत र ट्रेलर सार्वजनिक गरिएको थियो । टे«लर सोही दिन युट्युवमा आएको थियो भने झुमताना झुमताना बोलको गीत शनिवार सार्वजनिक गरिएको छ ।
बलिउडमा बर्सेनि कति चलचित्र बन्छ भन्दा पनि कतिले रेकर्ड तोडे र कति लगानी उठाउन सफल भए भन्ने लेखाजोखा हुने गर्दछ । सन् २०१७ को सुरुवातसँगै सयौँ चलचित्रहरू रिलिज भए । रिलिज भएकामध्य कति चलचित्र सुपर हिट भए भन्ने कतिले लगानी समेत उठाउन भ्याएनन् ियिनै मध्य केहीले मात्र आफूलाई सफल चलचित्रको रूपमा उभ्याउ
निर्देशक अशेष मल्लले आफ्नै बिध्यार्थीले उपहार स्वरुप दिएको छोटा नाटक संग्रह पढेपछी आफूले पनि यस्तै छोटा नाटकहरुको सम्भावना देखेर नेपालमै पहिलो पटक १०मिनेट नाटक मेला सुरु गरेको बताए।
भारतका चर्चित कमेडियन सुनिल ग्रोबर हाल नेपालमा छन् । उनी शनिवार राजधानीमा आयोजना हुन लागेको एक विशेष कार्यक्रमको लागी शुक्रवार नेपाल आइपुगेका थिए । शनिवार सोल्टी होटेलमा शिवम् सिमेन्टले आयोजना गरेको कीर्ति समारोहमा सुनिलले आफ्नो प्रस्तुति दिएका थिए ।
प्रदर्शनमा आएका छन् । यम थापाको लेखन तथा निर्देशन रहेको चलचित्र 'राज्जा रानी'मा अभिनेत्री केकी अधिकारी र अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको छ । चलचित्रमा तराईमा हुने दाइजो प्रथाको कथा उठान गरिएको छ । बुधवार यो चलचित्रले सकारात्मक प्रतिक्रियाको साथमा आफ्नो प्रिमियर सो सम्पन्न गरेको छ । चलचित्रम
गत वर्षको सुपरहिट चलचित्र 'जात्रा' मोबाइल एप्लिकेसनमा मार्फत रिलिज भएको छ ।'सिनेमा घर' नामक मोबाइल एप्सबाट अब दर्शकले निःशुल्क जात्रा हेर्न पाउने भएका छन् । चलचित्र निर्माण पक्षले नयाँ वर्ष सन् २०१८ को शुभकामना दिँदै दर्शकलाई कोसेली स्वरूप जात्रा मोबाइल एप्समा रिलिज गरिएको बताएको छ ।
२०१८ मा हुन लागेको जी सिने अवार्डमा अभिनेत्री प्रियंका चोपडाले स्टेजमा नाचे बापत लिने पारिश्रमिकले यति बेला बलिउड सञ्चारमाध्यममा हलचल मच्चाएको छ । प्रियंकाले अवार्ड समारोहमा नाचे बापत प्रतिमिनेट १ करोड लिएकी छिन् ।
भारतका चर्चित कमेडियन सुनिल ग्रोबर नेपाल आइपुगेका छन् । उनी नयाँ वर्ष २०१८ मा आयोजना हुन लागेको ’’कर्पोरेट सो’’को लागी उनी नेपाल आएका हुन् । कार्यक्रम आज जनवरी ५ मा पाँचतारे होटेलमा आयोजना हुँदै छ ।