हेटौडा मूभी मेकर्स टीम र ड्रिम वल्र्ड अफ फिल्म मेकर्सले निर्माण गर्न लागेको चलचित्र ‘लखपति माग्ने’को घोषणा गरिएको छ । सोमबार काठमाडौँमा आयोजित एक समारोहका विच कार्यक्रमकी प्रमुख अतिथी तथा नेपालकै प्रथम नायिका भूवन चन्दले ‘लखपति माग्ने’को नाम लोकार्पण गर्नु भएको हो ।
चलचित्र 'म यस्तो गीत गाउछु' को नयाँ गीत सार्वजानिक भएको छ । 'किन आजकाल' बोलको गीत मंगलबार दिउँसो युट्युव मार्फत सार्वजानिक भएको हो । चलचित्रले यस अघि नै एउटा गीत र ट्रेलर आउट गरिसकेको छ ।
चलचित्रमा अजयलाई आर्मी भन्दा हरामीको रूपमा चिनाएका छन् । मिलन लथुरियाको निर्देशनमा बनेको चलचित्र सेप्टेम्बरमा १ मा रिलिज हुँदैछ
सोमबार दिँउसो चलचित्र प्रेमगीत २ को ट्रेलर आउट भएसँगै चलचित्रको चर्चा अझ बढ्दो छ । एक्सन, प्रेम र बिछोडले भरिपूर्ण चलचित्र प्रेमगीतको एउटा सस्पेन्स खुलेको थियो । केही दिन अघि चलचित्र भित्रको केही तस्बिर लिक भएसँगै निर्माता सन्तोष सेन पनि चलचित्रमा रहेको भन्ने खुलेको थियो ।
चलचित्र गाजलुबाट डेव्यु गरेकी मिस नेपाल श्रृष्टि श्रेष्ठ अभिनित चलचित्र लाउरेको यतिबेला छायाँकन भइरहेको छ । सुनिल रावलको निर्माण रहेको चलचित्रलाई निगम श्रेष्ठले निर्देशन गरिरहेका छन् ।
खगेन्द्र लामिछाने अभिनित चलचित्र ‘धनपति’ असार २३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ । केहि दिन अघि रिलिज भएको ट्रेलर र गीतबाट राम्रो प्रतिक्रिया पाईरहेको छ ।
यही असार १६ गतेबाट देशव्यापी रूपमा चलचित्र ‘कारखाना’ प्रदर्शनमा आउदैँ छ ।‘कारखाना’ प्रमोसनको लागी यति बेला चलचित्रका मुख्य पात्र नायिका बर्षा सिवाकोटी र नायक सुुशिल श्रेष्ठलाई भ्याई नभ्याई छ । दुवै भन्छन् ‘यही बेला त हो नि आफूले गरेको कामलाई सबै माझ पुर्याउने । यो बेला दौडदुप गरेको पनि रमाइलो लाग्द
बलिउड अभिनेता शाहरुख खान प्राय जसो आफ्नो सन्तानको कारण चर्चामा आइरहेका हुन्छन् । यति बेला शाहरुखले आफ्नो ठुलो छोरा प्रति दिइएको अभिव्यक्तिले चर्चा पाइरहेको छ । शाहरुखले आफ्नो छोरा आर्यनलाई अभिनेता शाहरुख खानले छोरा आर्यनलाई लिएर कडा चेतावनी दिएका छन् ।
चलचित्र ‘बाहुबली २’ले बक्स अफिसमा ५० दिन भन्दा बढी बिताइसकेको छ भने अझै भारतमा १००० भन्दा बढी हलहरुमा चलिरहेको छ । भारतमा ‘बाहुबली २’ले नेट ५१० करोडको कमाई गरिसकेको छ ।
बलिउड अभिनेता आमिर खानलाई जति उनको अभिनय कलाले चिनिन्छ् उति नै उनी मिस्टर परफेक्शनिस्टले पनि परिचित छन् । आफूले निवार्ह गर्ने जुनै पनि चलचित्रमा मेहनत गर्ने आमिर मौसमको बदलाव जसरी नै आफ्नो शरीरलाई परिवर्तन गरिरहेका हुन्छन् ।