निखिल उप्रेतीको सङ्गीत रहेको चलचित्र ‘रुद्र’को पहिलो गीत सार्वजानिक भएको छ । ‘अम.. च्याङग्बा बोलको शेर्पाली फ्लेवरको उक्त गीतमा जगदीस्वर थापाको शब्द, शशीविक्रम थापा, संगीता तिमल्सिना र सोना आमात्यको स्वर रहेको छ ।
मोडलिङबाट बलिउड हुदैँ हलिउड प्रवेश गरेकी अभिनेत्री दिपिका पादुकोण हलिउडको एक अवार्डको मनोनयमा परेकी छिन् । उनले हलिउड अभिनेता भिन डिजेलसँग ’एक्सएक्सएक्सः द रिटर्न अफ द ज्याण्डर केज’ बाट हलिउडमा डेब्यू गरेकी थिइन् ।
थिएटर हुँदै चलचित्रमा प्रवेश गरेकी नायिका हुन् – मेनुका प्रधान । मिडियामा त्यति नदेखिए पनि उनको व्यस्तता चलचित्रमा भ्याइनभ्याइ छ । अब्बल अभिनयको पहिचान बनाएकी मेनुका प्रधानलाई भने आफूले काम गरेको चलचित्र हिट या फल्प केही मतलब छैन ।
नायक सलोन बस्नेत र नायिका करिश्मा श्रेष्ठको प्रेम चर्चा नेपाली चलचित्रमा चलेको केही वर्ष भयो । आफूहरू साथीहरू मात्र भएको भन्दै आउने करिश्मा र सलोन सार्वजनिक कार्यक्रममा समेत एकसाथ पुग्ने गर्दछन् ।
बलिउड अभिनेता शाहरुख खान र अनुष्का शर्मा स्टारर फिल्म ’जब हेरी मेट सेजल’ को पहिलो गीत रिलिज भएको छ। ’राधा’ बोलको यस गीतमा सुनिधि चौहान र शाहिद माल्या को आवाज रहेको छ ।
संस्कारका पहाडहरुमा
दिनेश राउत र आर्यन सिग्देलको सम्बन्ध चिसिएको निकै समय भैसकेको छ। अभिनेता आर्यन सिग्देलले निर्देशक दिनेश राउतलाई फेसवुकमा ब्लक हानेको कुराले मीडियामा केहि समय अगाडी निकै राम्रो चर्चा पायो। चलचित्र ‘पर्व’ बाट दिनेश राउत क्याप बाट बाहिरिएका आर्यन यतिबेला रेखा थापा क्यापमा प्रवेश गरेका छन् ।
गत बर्ष चलचित्र ’’लुट २’’ को ’ठमेल बजार’ र ’’पर्व’’को ’काले दाई’ले धेरैलाई नचायो । यी गीतहरु धेरैको मुखमा झुण्डियो, हरेक गल्ली, बिहे पार्टी हरेक ठाँउमा गुन्जिएका यी गीतहरुले युट्युबमा पनि रेकर्ड बनाउन सफल भए । गीतहरु जति नै चर्चित भएता पनि गायिका भने गुमनाम नै रहिन् ।
गत वर्षको सुपरहिट चलचित्र ‘छक्का पञ्जा’को सिक्वेल ‘छक्का पञ्जा २’को टिजर सार्वजानिक भएको छ । असोज ११ गते प्रदर्शन तय गरेको चलचित्र छक्का पञ्जा २ ले बलिउड चलचित्र ‘बाहुबली २’ प्रदर्शनको समयमा हलमा देखाईएको थियो ।
युट्युबमा केही समय यताबाट चर्चित बनेको गीत ‘अनि किन ल्याङ ल्याङ गर्दैछौ मैया’को बिहीबार छायाङ्कन सम्पन्न भएको छ । यो गीतको युट्युबमा धेरै कभर भिडियोहरु बनिसकेको छ ।