अरबाज खानले ‘दबंग ३’को निर्देशन नगर्ने खुलासा सलमान खानले गरेका छन् । यसअघि दबंग २ को निर्देशन अरबाजले गरेका थिए ।
एकता कपुर सुपरहिट फिल्म ‘रागिनी एमएमएस २’को सिक्वेल बनाउँदै छिन् । खास कुरा यो हो कि, फिल्ममा अभिनेत्री सनी लियोन अटाइनन् । सिक्वेलमा सनीलाई रिया सेनले ‘रिप्लेस’ गरेकी छिन् ।
एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार २०७३ को नतिजा सार्वजनिक भयो। अवार्डको पाचौं संस्करणमा ‘छक्कापञ्जा’ उत्कृष्ट चलचित्रको उपाधि हात पारेको छ। वर्ष २०७३ मा सर्वाधिक ग्रस कलेक्शन गरेर नेपाली फिल्म इतिहासमा रेकर्ड बनाएको छक्कापञ्जाले ५ विधाको अवार्ड हात पार्यो।
अभिनेत्री प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीको प्रेम सम्बन्ध कोहीसँग लुक्न सकेको छैन । केही समय अघि आफ्नो प्रेम सम्बन्ध लुकाउन खोजेता पनि उनीहरू पछिल्लो समय खुलस्त रूपमै मिडिया सामु आइरहेका छन् ।
साउन २० गते रिलिज हुने भनिएको राष्ट्रिय भलिबल खेलाडी सिपोरा गुरुङ अभिनित चलचित्र ‘भुइमान्छे’ को रिलिज २ साता पछि धकेलिएको छ । साउन २० मा बलिउड अभिनेता शाहरुख खान अभिनित फिल्म ‘जब ह्यारी मेट सेजल’ रिलिज हुने भएपछि चलचित्रको रिलिज मिति सारिएको हो ।
गएको बर्षको सर्वाधिक कमाउनेमा रेर्कड बनाउन सफल चलचित्र हो –छक्का पञ्जा । चलचित्र प्रदर्शन हुनु अगाडी नै यसको गीतसंगीतले राम्रै बजार तताएको थियो । ‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’मा सबैभन्दा धेरै बिधाको नोमिनेसमा परेको चलचित्र ‘छक्का पञ्जा’ टिमले कार्यक्रममा पुग्दा राम्रै आशा बोकेर आएको देख्न सक
पछिल्लो समय सिने नगरीका नायक–नायिकाको प्रेम सम्बन्धको चर्चा बढ्दो छ । कुनै बेला अभिनेत्री निशा अधिकारी र क्रिकेटर शरद भेष्वाकरको प्रेम सम्बन्धले राम्रै चर्चा पाएको थियो ।
सञ्चारकर्मी जनक ताम्राकारको पहिलो गीत जुनकिरीको म्युजिक भिडियो सार्वजनिक भएको छ । जनकका दाजु महेश ताम्राकारको शब्द, संगित रहको जुनकिरीमा नायिका निता ढुंगाना, मोडल सनम कठायत र कम्पोजर महेश ताम्राकारको समेत अभिनय छ ।
नेपाली सिनेमा उद्योगका महानायक हुन राजेश हमाल । २०४६ सालमा चलचित्र ‘युग देखि युग’ सम्मबाट चलचित्रमा डेव्यु गरेका राजेशले अहिले सम्मको अवधिका झन्डै तीन सय भन्दा बढि चलचित्रमा काम गरिसकेका छन् ।
पछिल्लो समयकी चर्चित मोडल तथा नायिका एलिशा राईको अभिनय रहेको नयाँ गीत “मायामा रियाक्सन“ बोलको भिडियो सार्वजनिक भएको छ । महेन्द्र भण्डारी र रेश्मा पुनको स्वर रहेको उक्त गीतमा शब्द तथा सङ्गीत भीम बिसीको रहेको छ ।