सदाबहार अभिनेत्री रेखा थापाले बिहीबार नजिकका साथी लगायत केही कलाकारहरूको उपस्थितिमा जन्मदिन मनाइन् ।
आगामी मङ्सिर ६ गतेबाट प्रदर्शनमा आउने चलचित्र 'च च हुई’को गीत 'सिल्की स्लिकी बाल' सार्वजनिक भएको छ । ‘च च हुई’को पहिलो गीतमा आर्यन सिग्देल, मिरुना मगर र भोलाराज सापकोटा फिचर्ड छन् ।
रवि लामिछानेकी श्रीमती निकिता पौडेलले आत्महत्या सम्बन्धी भिडियो किर्ते गरेर रविलाई फसाएको भन्दै बुधवार महानगरीय प्रहरी परिसर काठमाडौँमा उजुरी दिन पुगेकी थिइन् । तर, प्रहरीले उनको उजुरी दर्ता गर्न मानेन ।
भाद्र १३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र 'मारुनी'को चर्चा बजारमा बाक्लो रहेको छ । साम्राज्ञी, पुष्प र रेविकाबिचको प्रेम र पागलपनलाई देखाएइको चलचित्र समलिङ्गी प्रेम कथामा आधारित चलचित्र हो ।
बिहीबारबाट प्रदर्शनमा आएको चलचित्र ‘हजार जुनीसम्म’को सोमबार विशेष सो आयोजना गरिएको थियो । चलचित्रका टिम, कलाकार तथा मिडियाको उपस्थितिमा जय नेपाल हलमा आयोजना गरिएको शो मा चलचित्रका निर्देशक र अन्य मुख्य कलाकार उपस्थित थिएनन् ।
गत बिहीबारबाट प्रदर्शनमा आएको यस चलचित्रको एक गीत सार्वजनिक भएको छ । चलचित्रका मुख्य अभिनेता आर्यन सिग्देल र नायिका प्रियंका कार्कीलाई फिचर्ड गरिएको ‘तिम्रो मायामा भुलेर’ बोलको गीत आइतबार इन्टरनेटमा रिलिज गरिएको हो ।
ह्योल्मो भाषाको चलचित्र ‘मेतोक’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । ठिलेन इन्टरटेनमेन्टको प्रस्तुति तथा ठिलेन लामाको निर्देशनमा निर्माण भएको चलचित्र अल्पसंख्यमा रहेको ह्योल्मो जातिको भाषा र कथामा आधारित छ ।
अनमोल केसी अनुपविक्रम शाही तथा अदिति बुढाथोकी अभिनीत चलचित्र 'कृ' इन्टरनेटमा रिलिज भएको छ ।
भदौ २० गते प्रदर्शनको तयारीमा रहेको चलचित्र 'सोच' को ट्रेलर सार्वजनिक भएको छ । निता ढुङ्गाना र प्रज्वल गिरी स्टारर एक्सन लभस्टोरीको सार्वजनिक ट्रेलरमा प्रज्वल गिरी, निता ढुङ्गाना र डेव्यु अभिनेता पूजन सिंह बिचको प्रेम र द्वन्द्वलाई प्रस्तुत गरिएको छ ।
चलचित्रमा श्वसतिमाको भूमिकालाई भने केही सस्पेन्समा राखिएको छ । चलचित्रमाथि थप कौतुहलता सृजना गर्न पनि सार्वजनिक ट्रेलरमा उनको भूमिकालाई सस्पेन्समा राखिएको हो । उसो त श्वसतिमा चलचित्रको प्रचारप्रसारमा उति हिँडेकी छैनन् ।