नवोदित गायक कृष्ण कार्कीले अर्का गायक पवन भाटसँगको सहकार्यमा दसैँ तिहारलाई लक्षित गर्दै ‘ए आमा’ बोलको गीत सार्वजनिक गरेका छन् । दसैँ र तिहारको मर्म बोकेको गीतमा दसैँ र तिहारमा टाढा रहँदाको पिडालाई व्यक्त गरिएको छ । नेपालीहरूको महानपर्वको रूपमा हेरिने दसैँ र तिहारलाई हर्सोलासका साथ मनाइन्छ ।
कोरोना महामारीबीच फ्रन्टलाईनमा रहेर बिरामीको सेवा गर्ने दुई डाक्टरको प्रेमकथामा आधारित साङ्गीतिक भिडियो 'निदाउके सपनीमा' सार्वजनिक भएको छ । दशैँको छेकोमा सार्वजनिक भिडियोमा समावेश गीतमा सुगम पोखरेल र कबिता श्रेष्ठको स्वर रहेको छ । रमेश कुमार श्रेष्ठका शब्दमा एलिश कार्कीको सङ्गीत रहेको छ ।
केही महिना अघी फोक्सोको क्यान्सर भएको पत्ता लागेका सञ्जय दत्तले क्यान्सर जितेका छन् ।
प्रताप दास र एन्जिला रेग्मीको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । 'पावरवाला चस्मा' बोलको गीत बुधवार युट्युबमा सार्वजनिक गरिएको हो ।
वरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्य र उनकी पत्नी रमिला आचार्य कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् ।
नव गायक प्रमोद महतको स्वरमा रहेको गीत ‘ए कान्छी ’ बोलको भिडियो सार्वजनिक गरिएको छ । प्रमोद महत तथा सुजन खुलालको शब्द र पुस्कर सुनुवारले सङ्गीत भरेका हुन् ।
गायक विशाल कालतेन र गायिका प्रविशा अधिकारीको स्वर रहेको गीत ‘इशारा काफी छ’को भिडियो सार्वजनिक भएको छ । गीतमा प्रदीप थुलुङको शब्द र विशाल कालतेनको संगीत छ ।
यस चलचित्र यही फूलपातीबाट डिसहोम मार्फत सार्वजनिक हुने भएको हो ।
दीपक सिलवालको शब्द तथा सङ्गीतमा गायक शिव परियार र निरुषा भट्टराईको स्वरमा रहेको नयाँ गीत ‘छलक छलक छल्क्यो माया’ सार्वजनिक भएको छ ।
ट्रेलर सार्वजनिक भएसँगै चलचित्रको विभिन्न पक्षलाई लिएर विवाद सृजना भएको थियो ।