2083 अश्विन 21, बुधबार

प्रेम संसारको दोश्रो गीत ‘सुन सुन चम्पा’ सार्बजनिक

मंसिर १३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘प्रेम संसार’ को दोश्रो गित सार्बजनिक गरिएको छ । ‘सुन सुन चम्पा’ बोलको गीतमा बुगी वुगी बिजेता कविता नेपाली, प्रेम सोनी र मोनिका दाहाल फिचर्ड छन् ।रामचन्द्र काफ्ले र जुनु रिजालको स्वर रहेको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ।

यस्तो छ एक्सनले भरिपुर्ण 'सरौतो' ट्रेलर

हरी हुमागाईं निर्देशित चलचित्र 'सरौतो'को ट्रेलर सार्वजनिक गरिएको छ । एक्सन प्रधान चलचित्रमा सुमी मोक्तानको मुख्य भूमिका छ । उनि सुन्न र बोल्न नसक्ने चरित्रमा देखा परेकी छन् ।

'बादशाह जुट' र मुस्लिम समुदाय बीचको विवाद टुंगियो

कार्तिक १५ मा रिलिज हुने चलचित्र ‘बादशाह जुट’को विवाद टुंगिएको छ । चलचित्रको ट्रेलरमा राखिएका केहि दृश्यले मुस्लिम समुदायमा आँच पुर्याएको भन्दै नेपाल मुस्लिम संघ, गण्डकी प्रदेश कार्यसमितिले गम्भीर ध्यानाकर्षण भएको विज्ञप्ति जारी गरेको थियो ।

यस्तो बन्यो ‘घामड शेरे’को ट्रेलर

निश्चल बस्नेत र स्वस्तिमा खड्का स्टारर चलचित्र ‘घामड शेरे’को ट्रेलर सार्वजनिक गरिएको छ । हेमराज बिसी निर्देशित चलचित्रको शिर्ष भूमिकामा निश्चल छन् । चलचित्रमा स्वस्तिमा खड्काले ‘घामड शेरे’को सालीको भूमिका निर्वाह गरेकी छन् ।

'आमा'को फस्टलुक पोस्टर सार्वजनिक

चलचित्र 'आमा'को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा अभिनेत्री मिथिला शर्मा र सुरक्षा पन्तलाई प्रस्तुत गरिएको छ । चलचित्रलाई दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् ।

नयाँ चलचित्रको लागी मह र षटकोण आर्ट्सको टिमअप

महजोडी मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यको मुख्य भूमिका रहने गरि नयाँ चलचित्र घोषणा गरिएको छ । २०७७ को दशैँलाई रिलिज घोषणा गरेको सिनेमा आउँदो तिहार पछाडी छायाँकनमा जानेछ ।

शिशिरको ‘पोइ पर्‍यो काले’ ट्रेलर रिलिज: सौगातको जोडी को ?(भिडियो)

तिहारको अवसर पारेर कात्तिक ८ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘पोइ पर्‍यो काले’को ट्रेलर सार्वजनिक भएको छ ।

निर्माण अघि नै फिल्म रिलिजको होडबाजी: दसैँ व्यापारको निर्मातामा मोह

दसैँको माहौल तातिँदै छ, धमाधम फुर्सदको समय आउँदै छ तर यस वर्षको दसैँ सुख्खा हुने छाँट काँट छ । सायद यही वर्षको निराशाजनक दसैँ देखेर होला फिल्म निर्माताहरुले अर्को दसैँमा आफ्नो चलचित्र रिलिज गर्ने दाउ छोपिरहेका छन् ।

‘काले दाइ' को रोमान्टिक गीत ‘आँखा आँखा जुधी’ सार्वजनिक(भिडियो)

शिव शर्माले निर्देशन गरेको चलचित्र ‘काले दाइ' को गीत सार्वजनिक भएको छ । बुधवार इन्टरनेटमा रिलिज गरिएको ‘आँखा आँखा जुधी’ बोलको गीतमा दीपा लामा र शिव के. परियारको स्वर रहेको छ ।

मिडियामा पहिलोपल्ट आमासँग वर्षा: यसरी हुँदै छ दसैँको तयारी(भिडियो)

वर्षाको सानो उमेरको दसैँ सम्झना गर्दै उनकी आमाले वर्षा सानैदेखि निकै चुजी नेचरको भएको र लुगा लगाउने मामलामा झन् धेरै सजक रहेको बताइन् ।