लचित्रकी लिड अभिनेत्री रानी मुखर्जिकै मुख्य भूमिकामा यसको सिक्वेल निर्माण भएको छ । सिक्वेलमा अभिनेता चंकी पाण्डेका भतिजा आहान पाण्डेसँग रानी देखिनेछिन् ।
आगामी कात्तिक १५ गते प्रदर्शनमा आउने तयारी गरिरहेको चलचित्र 'बादशाह जुट'को ट्रेलर सार्वजनिक भएको छ ।
एक ताका निकै रुचाइएका चलचित्रका अनस्क्रीन रोमान्टिक जोडी राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धर लामो समयपछि एकसाथ पर्दामा देखिएका छन् ।
सन् २०१३मा रिलिज भएको निगम श्रेष्ठको चलचित्र 'छड्के'को सिक्वेल बन्ने भएको छ । निगम श्रेष्ठले नै निर्देशन गर्ने चलचित्रको पोस्टर सार्वजनिक गरिएको छ ।
साम्तेन भुटियाको निर्देशनमा निर्माण भएको चलचित्र ‘च च हुई’ को दोस्रो गीत सार्वजनिक भएको छ । ‘जवानी' बोलको गीतमा निर्देशक भुटिया र विनय सापकोटाको शब्द रहेको छ भने रोशन थापा र सुमन गुरुङको स्वर रहेको छ ।
निर्देशक अलि अब्बस जफरले निर्माण गर्न लागेको चलचित्र ‘खाली पिली’मा बलिउड नायक ईशान खट्टर र नायिका अनन्या पाण्डे एकसाथ देखिने भएका छन् ।
चलचित्रका अभिनेता/पटकथाकार दिपकराज गिरीले गुनासो पोख्दै सामाजिक सञ्जाल फेसबुकमा एउटा स्ट्याटस राखेका छन् । आफ्नो चलचित्रलाई तल झार्न विभिन्न समूहहरू लागी परेको भनी नकारात्मक प्रतिक्रियाको खण्डन गरिरहेका उनी यति बेला हलवालाहरुसँग असन्तुष्ट देखिन्छन् ।
चलचित्र क्षेत्रमा सानोतिनो उत्सव त जहिल्यै भइरहेकै हुन्छ, यसै गरी यो हप्ता पनि नेपाली कलाकार र समग्र चलचित्र क्षेत्रले आफ्नो गति लिइरहन सफल भयो । हेरौँ तस्बिरमा यो हप्ता ।
गीतमा टंक बुढाथोकी, अशोक दर्जी , एआर बुढाथोकी र विक्रम थापाको स्वर रहेको छ । शङ्कर आचार्यको शब्द रहेको गीतमा गायक टंक बुढाथोकीकै सङ्गीत रहेको छ ।
चलचित्र ‘सरौतो’को दोस्रो गीत ‘केही आधा’ सार्वजनिक भएको छ । कार्तिक २२ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार सुमी मोक्तान र सन्नी सिंहलाई फिचर्ड गरिएको छ ।