सन् २०१३मा रिलिज भएको निगम श्रेष्ठको चलचित्र 'छड्के'को सिक्वेल बन्ने भएको छ । निगम श्रेष्ठले नै निर्देशन गर्ने चलचित्रको पोस्टर सार्वजनिक गरिएको छ ।
साम्तेन भुटियाको निर्देशनमा निर्माण भएको चलचित्र ‘च च हुई’ को दोस्रो गीत सार्वजनिक भएको छ । ‘जवानी' बोलको गीतमा निर्देशक भुटिया र विनय सापकोटाको शब्द रहेको छ भने रोशन थापा र सुमन गुरुङको स्वर रहेको छ ।
निर्देशक अलि अब्बस जफरले निर्माण गर्न लागेको चलचित्र ‘खाली पिली’मा बलिउड नायक ईशान खट्टर र नायिका अनन्या पाण्डे एकसाथ देखिने भएका छन् ।
चलचित्रका अभिनेता/पटकथाकार दिपकराज गिरीले गुनासो पोख्दै सामाजिक सञ्जाल फेसबुकमा एउटा स्ट्याटस राखेका छन् । आफ्नो चलचित्रलाई तल झार्न विभिन्न समूहहरू लागी परेको भनी नकारात्मक प्रतिक्रियाको खण्डन गरिरहेका उनी यति बेला हलवालाहरुसँग असन्तुष्ट देखिन्छन् ।
चलचित्र क्षेत्रमा सानोतिनो उत्सव त जहिल्यै भइरहेकै हुन्छ, यसै गरी यो हप्ता पनि नेपाली कलाकार र समग्र चलचित्र क्षेत्रले आफ्नो गति लिइरहन सफल भयो । हेरौँ तस्बिरमा यो हप्ता ।
गीतमा टंक बुढाथोकी, अशोक दर्जी , एआर बुढाथोकी र विक्रम थापाको स्वर रहेको छ । शङ्कर आचार्यको शब्द रहेको गीतमा गायक टंक बुढाथोकीकै सङ्गीत रहेको छ ।
चलचित्र ‘सरौतो’को दोस्रो गीत ‘केही आधा’ सार्वजनिक भएको छ । कार्तिक २२ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार सुमी मोक्तान र सन्नी सिंहलाई फिचर्ड गरिएको छ ।
लामो समयको प्रतीक्षा पछि इन्टरनेटमा रिलिज भएको चलचित्र 'छक्का पन्जा २' ट्रेन्डिङको नम्बर १ मा पर्न सफल भएको छ ।
फागुन ९ गतेलाई रिलिजको नयाँ मिति तोक्दै चलचित्र 'साङ्लो'को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । अभिनेता विराज भट्टको डेब्यू निर्देशन रहेको चलचित्रको पोस्टरमा विराज नै फिचर्ड छन् भने उनलाई एक्सन लुकमा देखाइएको छ ।
यो वर्षको दसैँ आउन नै अझै बाँकी छ, तर चलचित्र निर्मातालाई अर्को दसैँमा आफ्नो चलचित्र रिलिज गर्न पाउने नपाउने कुराले टाउको दुखाउन थालिसकेको छ ।