थापाले प्रहरी नियन्त्रणबाट छुटे लगत्तै ‘ह्याप्पी तिहार’ बोलको गीत युट्युबमा हालेका छन् ।
सामान्यभन्दा मोटा युवतीहरूलाई लक्षित गर्दै 'सुपर प्लस साइज मोडल नेपाल' आयोजना हुने भएको छ । यसअघि दुई संस्करण संस्करण सम्पन्न भैसकेको यस प्रतियोगिताको तेस्रो संस्करण पनि छिट्टै आयोजना हुने भएको छ।
‘सूर्य इन्टरनेशनल अवार्ड' को दोस्रो शृङ्खलामा टप ३ मा पर्न सफल प्रतिस्पर्धीको नाम सार्वजनिक गरिएको छ ।
गैर आवसिय नेपालीहरूको सङ्गठन ‘एनआरएनए’का नव निर्वाचित पदाधिकारीहरूलाई श्वेताश्री फाउन्डेसनले बधाई तथा सम्मान गरेको छ ।
बादी जातीको कथामा बनेको चलचित्र ‘पण्डित बाजेको लौरी’ इन्टरनेटमा सार्वजनिक भएको छ । मङ्गलवार ओएस आर डिजिटलको आधिकारिक युट्युब च्यानलबाट चलचित्र सार्वजनिक गरिएको हो ।
अनीश बज्मीको निर्देशनमा बनेको कमेडी चलचित्र 'पागलपन्ती'को ट्रेलर सार्वजनिक भएको छ ।
कर्मा शेर्पाको आवाजमा रहेको गीत 'यानी माया' सार्वजनिक भएको छ । हरि लम्सालको शब्द तथा सङ्गीत रहेको गीत मङ्गलवार इन्टरनेटमा सार्वजनिक गरिएको हो ।
बलिउडको हिट सिरिज मध्यको एक ‘हाउसफुल’को चौथो सिरिजको नयाँ गीत सार्वजनिक भएको छ । 'छामो' बोलको गीतमा सोहिल सेन , श्रेया घोसाल , सदावको स्वर रहेको छ भने समीर अन्जानको शब्द रहेको छ ।
किरण नेपाली र अमलादेवी राईको निर्माणमा प्रदेशसभा सांसद दीपक मनाङ्गेको जीवन कथामा आधारित चलचित्र निर्माण हुने भएको छ । ‘मनाङ्गे’ नाम दिइएको चलचित्रलाई जमन विष्टले निर्देशन गर्दै छन् ।
सुब्बाको निर्देशनमा चलचित्र निर्माण हुने पक्का भएको छ भने चलचित्रको लागि लिड कास्ट फाइनल भएका छन् ।