भाद्र १३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र 'मारुनी' टिम यति बेला प्रचारप्रसारमा व्यस्त छ । चलचित्रका मुख्य कलाकार अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी आरएल शाह सहित निर्माता, निर्देशकको टोली देश दौडाहमा लागेको छ ।
नेटफ्लिक्सको आगामी सिरिज 'बार्ड अफ ब्लड'को ट्रेलर सार्वजनिक भएको छ । इमरान हाश्मीको मुख्य भूमिका रहेको यस सिरिजलाई शाहरुख खान को प्रोडक्शन कम्पनी रेड चिलीज ले निर्माण गरेको हो ।
यो हप्ताको शुक्रवार नेपाली हलहरूमा नेपाली कथानक चलचित्र 'जाइरा' प्रदर्शनमा आएको छ । सोलो रिलिजको अवसर पाएको यस चलचित्र व्यापारिक हिसाबले सफल हुने अनुमान लगाउन सकिन्छ ।
सदाबहार अभिनेत्री रेखा थापाले बिहीबार नजिकका साथी लगायत केही कलाकारहरूको उपस्थितिमा जन्मदिन मनाइन् ।
अक्षय स्टारर ’मिसन मंगल’ र जोन स्टारर ’बटला हाउस’ यति बेला जोडतोडका साथ प्रदर्शन भइरहेका छन् । भारतको स्वतन्त्रता दिवसको उपलक्ष्य पारेर रिलिज भएका यी दुई चलचित्र मध्ये कसले बाजी मार्ला भन्ने दर्शकमा कौतुहलता सबैमा थियो । यो पाली बाजी अक्षयले मारेका छन्
अचेल युट्युबको रातो लोगो जसमा 'प्ले' को चिन्ह छ, त्यसैले तपाईँको जीवनसँग बडो मस्तसँग खेलिदिन्छ । कहिले एकाएक चर्चाको शिखरमा पुर्याइदिन्छ कहिले जीवन तसहनसह बनाइदिन्छ, वर्षौँ लगाएर कमाएको नाम दाम स्वाहा! आजको दिनमा तपाईँ हामी दिनमा कतिचोटी युट्युबको भर्चुअल संसारमा औँला चलाउँछौँ ?
राजन कठेत निर्देशित १५ मिनेट लामो लघु चलचित्र ‘बेयर ट्रीज इन द मिस्ट’ टोरोन्टो इन्टरनेशनल फिल्म फेस्टिभलमा प्रतिस्पर्धाको लागि छानिएको छ ।
आगामी मङ्सिर ६ गतेबाट प्रदर्शनमा आउने चलचित्र 'च च हुई’को गीत 'सिल्की स्लिकी बाल' सार्वजनिक भएको छ । ‘च च हुई’को पहिलो गीतमा आर्यन सिग्देल, मिरुना मगर र भोलाराज सापकोटा फिचर्ड छन् ।
अब हरेक फिल्म हलले चलचित्र सुरु गर्नुअघि अनिवार्य रुपम राष्ट्रिय गान बजाउनुपर्ने भएको छ ।
अभिनेत्री रेखा थापाको आज भाद्र ५ गते बिहीबार जन्मदिन परेको छ । यसै गरी आज नै पछिल्लो समयका चर्चित र निकै रुचाइएका अभिनेता विपिन कार्कीको पनि जन्मदिन परेको छ ।