भदौ २० गते प्रदर्शनको तयारीमा रहेको चलचित्र 'सोच' को ट्रेलर सार्वजनिक भएको छ । निता ढुङ्गाना र प्रज्वल गिरी स्टारर एक्सन लभस्टोरीको सार्वजनिक ट्रेलरमा प्रज्वल गिरी, निता ढुङ्गाना र डेव्यु अभिनेता पूजन सिंह बिचको प्रेम र द्वन्द्वलाई प्रस्तुत गरिएको छ ।
चलचित्रमा श्वसतिमाको भूमिकालाई भने केही सस्पेन्समा राखिएको छ । चलचित्रमाथि थप कौतुहलता सृजना गर्न पनि सार्वजनिक ट्रेलरमा उनको भूमिकालाई सस्पेन्समा राखिएको हो । उसो त श्वसतिमा चलचित्रको प्रचारप्रसारमा उति हिँडेकी छैनन् ।
यो हप्ता बिहीबार नै नयाँ नेपाली चलचित्र प्रदर्शनमा आउने भएको छ । जनैपुर्णिमाको अवसर पारेर चलचित्र ‘हजार जुनीसम्म’ बिहीबार नै रिलिज हुन लागेको हो ।
३० अगस्टमा विश्वभर एकसाथ प्रदर्शनमा आउने तयारी गरिरहेको यस चलचित्रले रिलिज अगावै आफ्नो लगानी उठाइसकेको बलिउड मिडियाले खबर प्रचार गरिरहेका छन् ।
दयाहाङ राई, सौगात मल्ल, अर्पण थापा र अनुपविक्रम शाही अभिनीत चलचित्र 'लप्पन छप्पन २'को यति बेला छायाङ्कन भइरहेको छ । २ वर्ष अघि प्रदर्शनमा आएको चलचित्र ‘लप्पन छप्पन’को सिक्वेल यस चलचित्रले भर्खरै नेपालमा छायाङ्कन सकेर युरोप पुगेको छ ।
चलचित्रको दोस्रो भाग निर्माण हुने कुरा केही महिना अघि नै सार्वजनिक भएको हो । कुमार भट्टराईको निर्देशनमा बन्ने दोस्रो भाग फ्लोरमा जान सकेको छैन ।
सफलताको पुरा अनुभव लिन नपाएका उनै विनयाँ श्रेष्ठ यतिबेला नयाँ चलचित्र निर्माणको तयारीमा छन् ।
आख्यानकार नयनराज पाण्डेको चर्चित उपन्यास ‘सल्लीपिर’माथि चलचित्र बन्ने भएको छ । अशोक थापाले निर्देशन गर्ने चलचित्रको नाम ‘सपना सांग्रिलाको’ जुराइएको छ ।
ऋतिक रोशन र टाइगर श्रोफ स्टारर बलिउड चलचित्र ‘वार’को अफिसियल पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा ऋतिक रोशन र टाइगर श्रोफका साथमा अभिनेत्री बाणी कपुरको ग्ल्यामर लुक्सलाई स्थान दिइएको छ ।
यिनै लोकप्रिय अभिनेता अभिनीत चलचित्र ‘ड्रिम गर्ल’को ट्रेलर रिलिज भएको छ । कमेडी जनरामा निर्माण भएको चलचित्रको ट्रेलरमा उनलाई महिलाको अवतारमा प्रस्तुत गरिएको छ ।