यिनै लोकप्रिय अभिनेता अभिनीत चलचित्र ‘ड्रिम गर्ल’को ट्रेलर रिलिज भएको छ । कमेडी जनरामा निर्माण भएको चलचित्रको ट्रेलरमा उनलाई महिलाको अवतारमा प्रस्तुत गरिएको छ ।
आगामी असोज ३ गते प्रदर्शनमा आउने चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ को टाइटल गीत सार्वजनिक भएको छ ।
‘एन्टी हिरो’ नाम जुराइएको चलचित्रमा अनमोल हिरोको भूमिकामा देखिनेछन् भने भुवन भने भिलेनको भूमिकामा । तिहारपछि फ्लोरमा जाने चलचित्र दि सुपर काजल फिल्मस्को ब्यानरमा निर्माण हुनेछ ।
नेपाल साहित्य महोत्सवको आठौँ संस्करण मङ्सिर २७ देखि ३० सम्म पोखरामा आयोजना हुँदै छ । यस महोत्सवमा भारतका चर्चित लेखक जावेद अख्तर, अभिनेत्री शबना आजमी र लेखक शशी थरुर मुख्य अतिथिका रूपमा नेपाल आउने जानकारी दिइएको छ ।
चलचित्र पत्रकार सङ्घ, नेपालले आउँदो भाद्रमा तीन दिने वृहत् चलचित्र पत्रकारिता कार्यशाला आयोजना गर्ने भएको छ ।
निर्देशक डेभिड धवनको ४५औँ फिल्म ‘कुल्ली नम्बर १’ को फस्ट लुक सार्वजनिक भएको छ । ९० को दशकको हिट फिल्म ‘कुल्ली नम्बर १’को रिमेकमा वरुण धवन र साराअली खानले मुख्य भूमिका निर्वाह गर्दै छन् ।
सुनिल थापा उर्फ राते काइँलाले म्युजिक भिडियोमा अभिनय गरेका छन् । चलचित्रमा भिलेनको रूपमा दर्शकको मन जितेका उनी म्युजिक भिडियोमा पनि उही भावको भूमिकामा देखिने भएका छन् ।
सम्पदा मल्लको कथा, अशेषले लेखन र निर्देशन गरेको नाटक ‘अर्को कुरुक्षेत्र’ सर्वनाम थिएटरमा मञ्चन भइरहेको छ ।
दीपक लिम्बुको स्वर रहेको गीत ‘बाँच्नु जति’ सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियो सहित इन्टरनेटमा सार्वजनिक गरिएको हो ।
शाहिल खड्काको शब्द सृजना, सङ्गीत र स्वर रहेको गीत ‘सरीमै लाउने’ सार्वजनिक भएको छ ।