'उ जितेर गइ या हारेर गइ' जस्तो चर्चित गीत गाएर श्रोताको मन जित्न सफल गायक राज सिग्देलको नयाँ गीत 'भागवान कसम' सार्वजनिक भएको छ । रोशनी खनालको शब्द रहेको गीतलाई गायक सिग्देल आफैले कम्पोज गरेका हुन् ।
लामो समयदेखि अस्वस्थ भारतीय अभिनेता तथा निर्देशक गिरीश कर्नाडको सोमबार निधन भएको छ । ८१ वर्षका कर्नाडको बिहान साढे आठ बजे बैगलोरमा ‘पल्टिपल अर्गान फेलियर' भएका कारण देहावसान भएको भारतीय मिडियाले जनाएका छन् ।
सेकेन्ड रनर अप भएका प्रितम आचार्यलाई पूर्वी नेपालको काँकडभिट्टामा भव्य स्वागत गरिएको छ । उनका परिवार, इष्टमित्र तथा शुभचिन्तकले उनलाई स्वागत गरेका हुन् ।
भारतीय टेलिभिजन 'जी टिभी'को रियालिटी सो 'सारेगमपा लिटल च्याम्प्स' को २०१९ संस्करणका सहभागी नेपाली बाल प्रतिभा प्रितम आचार्य र आयुश केसी क्रमशः तेस्रो र चौथो विजेता बनेका छन् ।
जतिजति चलचित्रको कुरा गर्यो उति चलचित्रकी एक बाल कलाकारको नाम सबैले सम्झिने गर्छन्, उनि हुन् सेड्रीना शर्मा । यसै चलचित्रबाट नेपाली राजतपटमा पाइला राखेकी सेड्रीनाले आफुलाई प्रमाणित गर्न धेरै समय कुर्नै परेन ।
क्सअफिसमा बम्पर ओपनिङ गरेको यस चलचित्र प्रदर्शनको चौथो दिनमा सय करोड क्लबमा प्रवेश गरेको छ । अलि अब्बास जफरको निर्देशनमा निर्माण भएको भारत सलमानको अहिलेसम्मकै सबैभन्दा ठूलो ओपनिङ गर्ने चलचित्र बन्न पुगेको छ ।
लोकप्रिय बलिउड गायिका नेहा ककर कन्सर्टको लागी नेपाल आएकी थिइन् । लाखौँको सङ्ख्यामा रहेका उनका फ्यानहरु निकै नै उत्साहित थिए । राजधानीको मुटु ठमेलको 'एल ओडि क्लब'मा कन्सर्ट आयोजना गर्ने भनेर आयोजकले टिकट बिक्री पनि गरे ।
स्वस्तिमा खड्का, अनुभव रेग्मी र सेड्रीना शर्मा स्टारर चलचित्र 'नाईँ नभन्नु ल ५' युट्युबमा सार्वजनिक भएको छ । विकाश राज आचार्यको निर्देशनमा बनेको चलचित्र २०१८को अगस्टमा प्रदर्शनमा आएको थियो ।
सिन्धु मल्ल र अमित बरालको स्वर रहेको गीत “पिरतीको जाल”(चैर मुसी चैर) सार्वजनिक भएको छ । युट्युबमार्फत भिडियो सहित सार्वजनिक भएको गीतमा शब्द-संगीत सुदम थापा र नरेन्द्र राज रेग्मीको रहेको छ ।
उमेर केबल एउटा सँख्या त हो भन्ने भनाइ महानायक राजेश हमालको जिवनमा चरितार्थ हुन्छ । जिवनका ५४औँ बसन्त पार गरेका राजेश हमाल सन् १९६४मा आजकै दिन पाल्पामा जन्मिएका थिए ।