चलचित्र 'प्रेम दिवस' यती बेला प्रदर्शनको सँघारमा छ । आगामी शुक्रवारदेखि प्रदर्शनमा आउने यस चलचित्रको प्रचारप्रसार भने निकै न्यून देखिन्छ । यसैबिच चलचित्रका मुख्य कलाकार प्रियंका र आयुष्मान आफैँ प्रचारप्रसारमा लागी परेका छन् ।
यति बेला बलिउडमा सलमान खान, कट्रीना कैफ अभिनीत चलचित्र 'भारत' उधुम मच्चाइरहेको छ । 'भारत'ले भारतबाट मात्र ६ दिनमा डेढ सय करोड भन्दा बढी कमाइसकेको छ ।
प्रियंका कार्की,आयुष्मान देशराज जोशी र डेव्यु अभिनेता विशाल खरेल अभिनीत चलचित्र 'प्रेम दिवस'को नयाँ गीत सार्वजनिक भएको छ । 'माया गर्छु तिमीलाई' शिर्षकको गीतमा प्रियंका कार्की र विशाल खरेललाई फिचर्ड गरिएको छ ।
साम्राज्ञी राज्यलक्ष्मी शाहले फरक खालको भूमिका निभाएको भनिएको चलचित्र 'मारुनी' को गीत ‘जाम्न माया जाम’ सार्वजनिक भएको छ ।
मिन भामको नेतृत्वमा नेपाल–अमेरिका फिल्म फेस्टिभल यही असार १४ गतेदेखि सुरु हुने भएको छ । फेस्टिभलमा नेपाली मात्र नभएर यसपटक ६ अमेरिकी चलचित्र र दक्षिण एसियाली चलचित्र समेत देखाइने भएको छ ।
गायिका अन्जु पन्त र गायक कर्णराज गिरीको आवाज रहेको गीत 'जिन्दगी खास भयो' सार्वजनिक भएको छ । अर्जुन पोखरेलको सङ्गीत र मुक्त उदासको शब्द रचना भएको गीतको म्युजिक भिडियो सहित सार्वजनिक भएको हो ।
‘फुलको आँखामा फुलै संसार’ गीतबाट चर्चित आनी छोइङ डोल्माको नाममा विदेशबाट स्रोत नखुलेको रकम पटक–पटक नेपाल भित्रीएपछी खाता रोक्का गरी सम्पत्ति शुद्धीकरणको आशङ्कामा अनुसन्धान सुरु भएको छ ।
चर्चित तथा सफल नेपाली चलचित्र 'कबड्डी' को तेस्रो शृङ्खला 'कबड्डी कबड्डी कबड्डी'को यति बेला छायाङ्कन भइरहेको छ ।
सबै उमेर समुह, ठाउँ विशेषका मानिसहरुले गीत मन पराए । यही लोकप्रिय गीत यतिबेला सबैभन्दा छिटो १० मिलियन यानकी १ करोड भ्युअर्स पाउने पहिलो गीत बनेको छ ।
रियल लाइफ जोडी प्रियंका कार्की-आयुष्मान देशराज जोशीले स्क्रीन सेयर गरेको चलचित्र 'प्रेम दिवस' यही जेठ ३१ गते देशव्यापी रूपमा प्रदर्शन हुँदैछ। योगेश घिमिरेको निर्देशन र मनेश दाहालको निर्माणमा बनेको चलचित्रको जेठ ३० गते बिहीबार विशेष प्रदर्शन गरिने भएको छ ।