व्यवसायिक रुपमा सफल मानिएको नेपाली चलचित्र ‘होस्टेल’को तेस्रो संस्करण ‘होस्टेल ब्याक अगेन’का लागी अमेरिकामा कास्टिंग कलको आहवान गरिएको छ ।
'अब्जर्भर डन' मा हालै प्रकाशित समाचार अनुसार विश्वकै सुन्दरी मानिने हलिउड नायिकाहरू स्कारलेट जोनसन, एन्जेलिना जोली, बेयोन्सेलाई समेत पछि पार्दै दीपिका अग्र स्थानमा पुगेकी हुन् ।
नवीन रावल मिलन विष्ट र टिका प्रसाईँको स्वर रहेको मनोरन्जनात्मक गीत 'चिया भन्दा कित्ली गरम' सार्वजनिक भएको छ । मिलन बिस्टको शब्द रचना रहेको गीतलाई नवीन रावलले सङ्गीत दिएका हुन् ।
भाष्कर प्रधानले निर्देशन गरेको चलचित्र ‘लभ यु हमेशा’को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । साथै भदौ ६ गतेलाई चलचित्रको प्रदर्शन मिति पनि तय गरिएको छ ।
एक्सन चलचित्रमा गाडी उडाउने, पड्काउने काममा बलिउडका रोहित शेट्टी एक नम्बरमा गनिन्छन् । उनी एउटा चलचित्रमा करिब दर्जन गाडी उडाउँथे तर अहिले आएर उनलाई पछि पारेका छन् 'साहो' का निर्देशक सुजीतले ।
साङ्गीतिक रियालिटी सो 'द भ्वाइस अफ नेपाल' को दोस्रो संस्करणको कार्यक्रमको लागी सोमबार राजधानीमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा सोको बारेमा, अघिल्लो संस्करणका विवाद, नयाँ योजना र अडिसनका बारेमा समेत चर्चा परिचर्चा भयो ।
निर्माण पक्षले चलचित्रका प्रेम (प्रदीप)का बाबुको भूमिकाको लागी महानायक राजेश हमाललाई प्रस्ताव गरिएको र कुरा लगभग टुङ्गो लागेको सङ्केत दिएको थियो । तर अचानक हमालले आफ्नो सेड्युल नमिलेको कारण आफू काम गर्न नसक्ने बताएको निर्देशक निर्माता सन्तोष सेनले जानकारी दिएका छन् ।
जुलाई १२को रिलिज मिति तोकेर अगाडी बढिरहेको यस चलचित्रको प्रदर्शन रोक्न आईआईटीका विद्यार्थीहरू तयारी गरिरहेको जानकारी आएको छ ।
आयुष्मान देशराज जोशी, शिल्पा मास्के स्टारर चलचित्र 'सानो मन' को ट्रेलर सार्वजनिक भएको छ । असार २० गतेबाट प्रदर्शनमा आउने चलचित्रको ट्रेलर आइतबार युट्युबमार्फत सार्वजनिक गरिएको हो ।
चलचित्र 'वीर विक्रम २'को समीक्षाको विषयलाई लिएर ‘साइबर क्राइम’ अभियोगमा थुनामा रहेका मेम नेपालका होस्ट प्रनेश गौतमलाई थुनामुक्त गर्न अदालतले आदेश दिएको छ ।