समिद्धि राईको नयाँ गीत 'म दामी छु' सार्वजनिक भएको छ । युट्युबबाट म्युजिक भिडियो सहित सार्वजनिक भएको गीतमा समिद्धिकै शब्द रहेको छ भने ब्रीजेश श्रेष्टले स्ङ्गेत संयोजन गरेका हुन् ।
वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)लाई वसुन्धराश्री र मानश्री पुरस्कार दिने भएको छ ।
सेतो सुर्यका निर्देशक दिपक रौनियारको नयाँ चलचित्र ‘राजा’ बन्ने भएको छ । यसका लागी अहिलेका व्यस्त अभिनेता दयाहाङ राइ अनुबन्धित भएका छन् ।
झरना थापाको दोश्रो निर्देशन, सुहाना थापाको डेब्यु अनि अनमोलको प्रतिक्षित चलचित्र 'ए मेरो हजुर ३' २०७६ सालको नयाँ वर्ष पारेर प्रदर्शनमा ल्याइएको चलचित्र हो । २०७५ सालमा सुस्ताएको नेपाली चलचित्रमा प्रदर्शनको दिन देखी नै तरङ्ग ल्याएको चलचित्रको दोस्रो हप्तामा प्रवेश गर्दा पनि माहोल सेलाएको छैन ।
हाकु काले , अर्थात सौगात मल्ल केहि समय चलचित्र बाट टाढा रहेर पुन: अभिनयको दुनीँयामा एक पछी अर्को चलचित्र गर्दै आउने भएका छन् । बिहिबार मात्र चलचित्र 'पोइ पर्यो काले' मा साइन गरेका सौगातले अर्को चलचित्र ‘राम राम’मा काम गर्ने भएका छन् ।
लामो समय समाजसेवामा लागी परेकी अभिनेत्री स्वेता खड्का एकाएक एयरपोर्टमा भेटिइन् । केहि समय चलचित्रबाट पर रहेर सिन्धुपाल्चोकको भुकम्प पिडित माझी गाँउमा एकिकृत बस्ती निर्माणमा लागेकी स्वेता चलचित्र ''हेल्लो जिन्दगी''को सुटिङको लागी लण्डन जान लागेकी हुन्
केहि समय अघि मात्र वैवाहिक जिवनमा बाँधिएका नायिका वर्षा राउत र संजोक कोइराला हनिमुनको लागी विदेशको यात्रामा निस्केका छन् ।
जेठ ३ गते प्रदर्शनको लागी तयारी गरिरहेको चलचित्र ''जात्रै जात्रा''को नयाँ गीत 'जिवन जात्रा हो' सार्वजनिक भएको छ । काली प्रसाद बाँंस्कोटाको स्वर र संगीत रहेको गीतलाई अर्जुन भट्टराइले लेखेका हुन् ।
पछिल्लो समय नेपाली चलचित्र नगरीमा नाम चलेका र छुट्टै हाइप बनाएका कलाकारहरु लिएर बनाइएको चलचित्र 'जात्रै जात्रा' को पोस्टर रिलिज भएको छ । जेठ ३ गते प्रदर्शनको मिती तोकिएको जात्रै जात्राले शुक्रबार मुख्य भूमिकामा रहेका कलाकारहरु कसैलाई नछुटाइ रमाइलो खालको पोस्टर रिलिज गरेको हो ।
विवाहको ५औँ वर्ष गाँठको दिनमा छोरा जन्मिएको छ । २०१४मा सपना भण्डारीसँग वैवाहिक जिवनमा बाँधिएका आर्यन र सपनाको पहिलो सन्तान स्वरुप शुक्रबार करिब १२ बजे छोरा जन्मिएको हो ।