चलचित्र हलहरुमा नयाँ चलचित्र त लागेको छ तर नेपाली नभएर बलिउडको प्रतिक्षित चलचित्र ‘एभेन्जर्स –इन्ड गेम' जसले नेपाली चलचित्रलाई साइड लगाइदिएको छ।
करिब दुई वर्ष अघि नेपाली चलचित्र क्षेत्रमा छुट्टै माहोल बनाएको सफल चलचित्र 'छक्का पन्जा २' ले बैशाख १३ गतेको रि-रिलिज डेट तोकेको छ । एक त युट्युबमा सार्वजनिक नगरिएको चलचित्र 'छक्का पन्जा २'लाई दर्शकले पुन : साथ दिनेछन् भन्ने आशाका साथ निर्माण टिम प्रचारप्रसारमा व्यस्त पनि भयो तर यस पटक भएन बाजी अर्कैले मार्ने भएको छ ।
भारतिय मिडियाका अनुसार ७१ वर्षको उमेरमा उनी हरर कमेडी फिल्म ‘कञ्चना’मा पहिलो पटक ट्रान्सजेन्डरको भूमिका निभाउँदै छन् ।
७५ वर्षिय जनगायक जेबि टुहुरे अझै पनि गायन र साङ्गीतिक प्रस्तुती को लागी बैँसको जोस बोकेर हिँड्छन् । परिवर्तन र जनताको पक्षमा गीत गाउने जेबि टुहुरेको एकल सांगीतिक प्रस्तुति ‘जेबि टुहुरेको निरन्तरता-२०७६’ आयोजना हुने भएको छ ।
मोटो हुनु भनेको ग्ल्यामर क्षेत्रमा जाने सम्पुर्ण बाटोहरु बन्द हुनु हो भन्ने मान्यतालाई तोड्दै ‘नेपाल प्लस साइज मोडल २०१९’ आयोजना हुने भएको छ । ‘मेरो कमजोरी मेरो क्षमता’ भन्ने नारा सहित आयोजना हुन लागेको यस प्रतियोगीतामा महिला तथा पुरुष दुबैले आवेदन दिन सक्नेछन् ।
चलचित्र 'प्रेम गीत ३' बन्ने खबरसँगै यससँग जोडिएर आएका धेरै कुराको चर्चा परिचर्चा सुरु भएको छ । निर्माणको घोषणा र रिलिज डेट एकै दिन तोकेको आसुसेन फिल्म्सले न त कलाकारको बारेमा टुङ्गोको कुरा गरेको छ न त लोकेसनकै । तर कलाकारको विषयलाई लिएर यतिबेला चलचित्र नगरी तातेको छ ।
जेठ ३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘वीर विक्रम २’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रम बिच चलचित्रको ट्रेलर सार्वजनिक भएको हो ।
बिहे गरे लगत्तै आफ्नो चलचित्रको सुटिङ र व्यवसायमा व्यस्त नायिका वर्षा राउत र संजोक कोइराला यतिबेला हनिमुनको लागी युरोप पुगेका छन् । केहीदिन अगाडि केहि हप्ताको प्याकेजमा युरोप उडेको यो जोडी फ्रान्समा रमाइरहेको छ ।
बैशाख २१ गते काठमाण्डौँमा हुने 'एघारौं डि सिने अवार्ड'को नोमिनेशन सार्वजनिक भएको छ। २०७५ सालमा प्रदर्शनमा आएका ९६ चलचित्रमध्ये ४८ ले मनोनयन दर्ता गरेका थिए ।
दीपकराज गिरी र दीपाश्री निरौलाले रोहित अधिकारीसँग सहकार्य गरी निर्माण गर्न लागेको चलचित्र 'छ माया छपक्कै' मा दीपकराज गिरी , केदार घिमिरे , जितु नेपाल लगायत कलाकार मुख्य भूमिकामा देखिने भनिए पनि नायिकाको रुपमा कसलाई लिने भन्ने आधिकारिक जानकारी आइसकेको छैन ।