सुजन मिकल श्रेष्ठ र प्राश्ना शाक्यको आवाज रहेको म्युजिक भिडियो ''सिम्पल सिम्पल नानी'' सार्वजनिक भएको छ । कमल खत्रीको सङ्गीत रहेको गीतलाई नरेश भट्टराईले लेखेका हुन् ।
नेपाल आइडल सिजन २ का विजेता रवी ओड र गायिका मेलिना राइको गीत 'दुइ कौडिको बुद्धि' सार्वजनिक भएको छ । इट्टाघरेको शब्द रहेको गीतको सङ्गीत भिम बिसी र केदार पौडेलले दिएका हुन् ।
गायक युवराज चौलागाँई र अनुस्का पाठकको गीत 'लटरपटर' सार्वजनिक भएको छ । राजेन्द्र थापाको शब्द रहेको गीतमा दिपर शर्माले सङ्गीत दिएका छन् ।
चलचित्र 'रेशम फिलिली’, ‘रोमियो एन्ड मुना’मा अभिनय गरिसकेका विनय श्रेष्ठ, राजबहादुर सानेले निर्देशन गर्ने चलचित्र 'मन्द मन्द'मा पत्रकारको भूमिकामा देखिने भएका छन् ।
चलचित्र ' कुम्भकरण " को अफिसियल फस्लुक र दुइ पोस्टर सार्वजनिक भएको छ । आकाश पल इन्टर्टेन्ट्मेन्ट्को ब्यानरमा निर्माण भएको चलचित्रको सार्वजनिक पोस्टरमा गौरब पहाडी, भोलाराज सापकोटा, निशा अधिकारी र अभय बराललाई समेटिएको छ ।
पछिल्लो समय गीत पोस्टर गर्दै लगातार चलचित्रको आउट्लेट सार्वजनिक गरिरहेको चलचित्र 'जात्रै जात्रा'को ट्रेलर सार्वजनिक भएको छ । जेठ ३ गते प्रदर्शनको मिती तोकेको चलचित्रको ट्रेलरमा मुख्य पात्रहरु हराएको सुन खोज्न संघर्ष गर्छन् र प्रहरी उनीहरुलाई पछ्याउँछ ।
मह संचारको प्रस्तुतीमा बनेको चलचित्र 'दाल भात तरकारी 'को आइटम गीत 'एन्टिबायोटिक खाऊँला' रिलिज भएको छ । शम्भुजित बाँस्कोटाको संगीत र हरिवंश आचार्यको शब्द रहेको गीत मीना निरौलाले गाएकी हुन् ।
बीस वर्ष अघि चलचित्र 'देवदास'मा एकसाथ काम गरेका साहरुख खान र संजय लीला भन्साली पुन: २० वर्ष पछी एउटै चलचित्रमा काम गर्ने भएका छन् । चलचित्र ‘इजहार' को लागी दुइ बिच सम्झौता भएको भारतिय संचार माध्यमहरुले बताइरहेका छन् ।
धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्ने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियान सफल बनाउन सबै तिरबाट प्रयास भैरहेका बेला गायक बद्रि पंगेनी र पुर्णकला बिसीले 'रङ्गशाला बन्छ नेपालीको' शिर्षकको गीत सार्वजनिक गरेका छन्।
शृजना खत्रीको नयाँ म्युजिक भिडियो ‘डबल माया’ सार्वजनिक भएको छ । यस अघि उनको नौटंकी माया’ बोलको गीतले छोटो समयमा नै युटुबमा १ करोड भ्यूज पार गर्दै दर्शक श्रोताको माया पाएको थियो ।