2083 मंसिर 10, बुधबार

'दाल भात तरकारीमा 'एन्टिबायोटिक खाऊँला'भन्दै प्रियंका(भिडियो)

मह संचारको प्रस्तुतीमा बनेको चलचित्र 'दाल भात तरकारी 'को आइटम गीत 'एन्टिबायोटिक खाऊँला' रिलिज भएको छ । शम्भुजित बाँस्कोटाको संगीत र हरिवंश आचार्यको शब्द रहेको गीत मीना निरौलाले गाएकी हुन् । 

बीस वर्ष पछी साहरुख र संजय लीला भन्सालीको टिमअप

बीस वर्ष अघि चलचित्र 'देवदास'मा एकसाथ काम गरेका साहरुख खान र संजय लीला भन्साली पुन: २० वर्ष पछी एउटै चलचित्रमा काम गर्ने भएका छन् । चलचित्र ‘इजहार' को लागी दुइ बिच सम्झौता भएको भारतिय संचार माध्यमहरुले बताइरहेका छन् ।

धुर्मुस सुन्तलीलाई बद्रि पंगेनीको उपहार, 'रङ्गशाला बन्छ नेपालीको' (भिडियो)

धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्ने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियान सफल बनाउन सबै तिरबाट प्रयास भैरहेका बेला गायक बद्रि पंगेनी र पुर्णकला बिसीले 'रङ्गशाला बन्छ नेपालीको' शिर्षकको गीत सार्वजनिक गरेका छन्।

‘डबल माया'मा आँचल र अनुप ( भिडियो)

शृजना खत्रीको नयाँ म्युजिक भिडियो ‘डबल माया’ सार्वजनिक भएको छ ।  यस अघि उनको नौटंकी माया’ बोलको गीतले छोटो समयमा नै युटुबमा १ करोड भ्यूज पार गर्दै दर्शक श्रोताको माया पाएको थियो ।

फ्राइडे रिलिज :‘एभेन्जर्स –इन्ड गेम' को दबदवा, पाएनन् नेपाली चलचित्रले सोज्

चलचित्र हलहरुमा नयाँ चलचित्र त लागेको छ तर नेपाली नभएर बलिउडको प्रतिक्षित चलचित्र ‘एभेन्जर्स –इन्ड गेम' जसले नेपाली चलचित्रलाई साइड लगाइदिएको छ।

हलिउडको ठुलो फिल्मसँग जुध्ने निर्णय पर्यो ‘छक्का पन्जा २’लाई भारी

करिब दुई वर्ष अघि नेपाली चलचित्र क्षेत्रमा छुट्टै माहोल बनाएको सफल चलचित्र 'छक्का पन्जा २' ले बैशाख १३ गतेको रि-रिलिज डेट तोकेको छ । एक त युट्युबमा सार्वजनिक नगरिएको चलचित्र 'छक्का पन्जा २'लाई दर्शकले पुन : साथ दिनेछन् भन्ने आशाका साथ निर्माण टिम प्रचारप्रसारमा व्यस्त पनि भयो तर यस पटक भएन बाजी अर्कैले मार्ने भएको छ ।

‘कञ्चना’मा ट्रान्स्जेन्डर बन्दै अमिताभ बच्चन

भारतिय मिडियाका अनुसार ७१ वर्षको उमेरमा उनी हरर कमेडी फिल्म ‘कञ्चना’मा पहिलो पटक ट्रान्सजेन्डरको  भूमिका निभाउँदै छन् ।

जनगायक जेबी टुहुरेको एकल साँझ, शुक्रबार आयोजना हुँदै

७५ वर्षिय जनगायक जेबि टुहुरे अझै पनि गायन र साङ्गीतिक प्रस्तुती को लागी बैँसको जोस बोकेर हिँड्छन् । परिवर्तन र जनताको पक्षमा गीत गाउने जेबि टुहुरेको एकल सांगीतिक प्रस्तुति ‘जेबि टुहुरेको निरन्तरता-२०७६’ आयोजना हुने भएको छ ।

हुने भयो ‘नेपाल प्लस साइज मोडल २०१९’ प्रतियोगीता

मोटो हुनु भनेको ग्ल्यामर क्षेत्रमा जाने सम्पुर्ण बाटोहरु बन्द हुनु हो भन्ने मान्यतालाई तोड्दै ‘नेपाल प्लस साइज मोडल २०१९’ आयोजना हुने भएको छ । ‘मेरो कमजोरी मेरो क्षमता’ भन्ने नारा सहित आयोजना हुन लागेको यस प्रतियोगीतामा महिला तथा पुरुष दुबैले आवेदन दिन सक्नेछन् ।

''प्रेम गीत ३''मा धिरज मगरले लिँदै छन् प्रदिपको ठाउँ ?

चलचित्र 'प्रेम गीत ३' बन्ने खबरसँगै यससँग जोडिएर आएका धेरै कुराको चर्चा परिचर्चा सुरु भएको छ । निर्माणको घोषणा र रिलिज डेट एकै दिन तोकेको आसुसेन फिल्म्सले न त कलाकारको बारेमा टुङ्गोको कुरा गरेको छ न त लोकेसनकै । तर कलाकारको विषयलाई लिएर यतिबेला चलचित्र नगरी तातेको छ ।