सेन्सर पासका लागि अनुमति लिन चलचित्र विकास बोर्ड गएको बलिउडको प्रतिक्षित चलचित्र 'कलंक'ले खाली हात फर्किनु पर्यो । बुधबार रिलिज मिति तोकिएको 'कलंक'को सेन्सर पासका लागि निवेदन माग्दै वितरक कम्पनी गोपिकृष्ण र वैंकटेश फिल्मस बोर्डमा पुगेपछि कर्मचारीले अध्यक्ष केशव भट्टराईको आदेश भन्दै फिर्ता पठाइदिएका हुन् ।
सुस्ताउँदै गएको नेपाली चलचित्रको व्यापार २०७५ सालको अन्तिममा आएर चलचित्र 'ए मेरो हजुर ३' को प्रदर्शनसँगै जुर्मुराएको छ । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्रले राम्रो व्यापार गरिरहेको छ ।
जेठ ३ गते रिलिज हुने चलचित्र ‘वीर विक्रम २’को गीत 'बाचा' रिलिज भएको छ । मङ्गबार युट्युबबाट रिलिज भएको गीतमा वर्षा सिवाकोटी र पल साह फिचर्ड छन् । तारा प्रकाश लिम्बु र दीपा लामाको स्वर रहेको गीतको कोरियोग्राफी कविराज घटराजले गरेका हुन् ।
अर्जुन कपुर अभिनित चलचित्र ''इन्डियाज् मस्ट वान्टेड'' को ट्रीजर सार्वजनिक भएको छ । सत्य घटनामा आधारित भनिएको चलचित्रको अधिकांश सुटिङ नेपालमा भएको हो ।
चलचित्र पत्रकार संघको आयोजना तथा चलचित्र निर्माता संघको सहकार्यमा काठमाण्डौको बसुन्धरामा ‘चियापान तथा चलचित्र क्षेत्रको बेथिती’को विषयमा अन्तरक्रिया कार्यक्रम भएको छ ।
एक महिना अघी डेंगु भाइरसको संक्रमणमा परेर मुम्बईको एक अस्पतालमा उपचारार्थ अभिनेत्री निरुता सिंह यती बेला स्वास्थमा शुधार आएपछी घर फर्किएकी छिन् ।
ह्योल्मो भाषामा बन्दै गरेको चलचित्र 'मेतोक'मा समावेश गीत 'सेम नि सेम चि' सार्वजनिक भएको छ । गायक राजु लामाले गाएको उक्त गीतमा गायिका तेन्जिन ह्योल्मोले साथ दिएकी छिन् ।
छक्का पन्जा सिरिजबाट दर्शकको मन जितेका दिपक राज गिरी र दिपाश्री निरौला नेपाली चलचित्र क्षेत्रको सो बिज भैरहेका छन् । यतिबेला यिनै जोडिले बाहिरी दुइ टिमसँग प्याच अप गरेर दुइटा चलचित्रमा काम गर्ने भएका छन् ।
पछिल्लो समय चलचित्र तथा म्युजिक भिडियोमा व्यस्त रहेकी नायिका प्रियंका कार्की र एक समयका लोकप्रिय नायक दिलिप रायमाझीको नयाँ म्युजिक भिडियो ‘पशुपतिमा सुनैको गजुर’ सार्वजनिक भएको छ ।
२०१९को बहुप्रतिक्षित चलचित्र 'भारत'को फर्स्ट लुक सार्वजनिक भएको छ । सलमान खानलाई आजसम्म नदेखिएको अवतारमा सार्वजनिक गरिएको फर्स्ट लुकले सलमानका फ्यानहरुको चलचित्रको प्रतिक्षा अझ हुटहुटिमा बदलिदिएको छ ।