2083 अश्विन 16, शुक्रबार

साम्राज्ञी बनिन् महँगी नायिका, आर्यनले दिए १० लाख 

लगातार दुई हिट चलचित्र ‘ड्रिम्स’ र ‘ए मेरो हजुर २’ दिएकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह नेपालको मंहगी नायिका बनेक िछिन् । अभिनेता आर्यन सिग्देलको निर्माण र अभिनय रहेको चलचित्र ‘कायरा’मा साम्राज्ञीले १० लाख पारिश्रमिक लिएको खबर बाहिरिएको हो ।

झाँगिन्दै प्रेम, प्रियंकालाई भेट्न सुटिङसेटमा पुगे आयुष्मान 

नेपाली सिनेबृतमा प्रेमसम्बन्धको कारण अभिनेत्री प्रियंका कार्की र नायक आयुष्मान देशराजको चर्चा भइरहेको नै हुन्छ । विगत केही समययता  आयुष्मान आफ्नो मोडलिङ करियर बनाउन मुम्बई छन् भने प्रियंका चलचित्र ‘कोहलपुर एक्सप्रेस’को सुटिङको लागी नेपालगन्गमा छिन् ।

सेन्सरले फिल्म हेर्ने नमानेपछि ‘पद्मावती’ पोस्टपोन्ड

भारतीय सिनेमा बजारमा पछिल्लो समय चलचित्र ‘पद्मावती’ चर्चा व्यापक भइरहेको छ । विवाद र चर्चाको बिचमा रहेको यो चलचित्र डिसेम्बर १ मा सार्वजनिक गरिने भनिएको थियो ।

‘शत्रु गते’मा हरिवंशकी श्रीमती दीपाश्री निरौला !

दुई सफल चलचित्र ‘छक्का पञ्जा’ र ‘छक्का पञ्जा २’ निर्देशन गरेकी अभिनेत्री दिपाश्री निरौलाले पहिलो पटक वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यसँग जोडी बनेर काम गरिरहेकी छिन्  ।

माग्ने बुढा भन्छन् ‘छक्का पञ्जा–२ को गीतले गिनिज बुकमा नाम लेखाउदै छ’ 

असोज ११ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘छक्का पञ्जा २’ले गत बिहीबार सफलताको साथमा आफ्नो ५१ औँ दिन मनाइसकेको छ । गत वर्ष रिलिज भएको चलचित्र ‘छक्का पञ्जा’को सिक्वेल रहेको ‘छक्का पञ्जा २’ सुरुवाती दिनबाट नै विवादित बन्दै आइरहेको थियो ।

केकीको ‘कोहलपुर एक्सप्रेस’ वैशाखमा आउँदै 

अभिनेत्री केकी अधिकारीको निर्माण तथा अभिनय रहेको चलचित्रको प्रदर्शन मिति तय भएको छ । हाल छायाङ्कन भइरहेको चलचित्र आगामी वर्ष २०७५ वैशाख १४ गते प्रदर्शन हुने भएको छ । केकीले सोमबार बिहान आफ्नो अफिसल फेसबुक मार्फत चलचित्र प्रदर्शन मिति सार्वजनिक गरेकी थिइन् ।

प्रियंका चोपडाको फिल्ममा नेपाली नायिकाको आइटम डान्स (भिडियो)

बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडाको ब्यानरबाट निर्माण भएको दोस्रो भोजपुरी चलचित्र ‘काशी अमरनाथ’मा नेपाली नायिका जेनिशा केसीले आइटम नृत्य गरेकी छिन् ।

‘पटुकी’ लुक्स सार्वजनिक गर्दै ‘परदेशी’ नायिका रजनी केसी

नायिका रजनी केसी अभिनित चलचित्र ‘पटुकी’को पहिलो लुक्स सार्वजनिक भएको छ । ‘परदेशी’नामक चलचित्रबाट चर्चामा आएकी नायिका केसी अभिनित पटुकी अब आँउदो पुस २१ गते प्रदर्शनमा आउने भएको छ ।

हलिउड र बलिउड कलाकारसँग आना शर्मा गर्दैछिन् 'द म्यान फ्रम काठमाण्डू'

एक्सन जनरामा बन्न लागेको चलचित्र द म्यान फ्रम काठमाण्डूको छायाङ्कन सुरु भएको छ । क्यूएफएक्स प्रमुख समेत रहेका नकिम उद्दिनले आफ्नो ब्यानर ट्री–सिटी ब्यानरबाट निर्माण गर्ने लागेको चलचित्रलाईहलिउड र बलिउड चलचित्र निर्देशन एवं निर्माणमा अनुभव बटुलेका पेमा धोन्डुपले निर्देशन गर्दैछन् ।

'फिर्के'मा ईकुले नव-नायिकासँग मर्काए कम्मर (भिडियाे)

चलचित्र 'फिर्के'को पहिलो गीत सार्वजनिक भएको छ । ईकु नामले परिचित कलाकार सुलेमान शङ्करको प्रस्तुति रहेको चलचित्र फिर्केको पहिलो गीत 'चट्टै' सार्वजनिक भएको हो । गीतमा रामचन्द्र काफ्ले र अञ्जु पन्तको स्वर छ भने सुवास भुषालको सङ्गीत तथा लेखु सहयात्रीको शब्द रहेको छ ।