‘को होला त्यो..’, ‘देउराली’ लगायतका चर्चित गीत गाएका गायक सुनिल गिरीको नयाँ गीत सार्वजनिक भएको छ । ‘कस्तो यो मन..’ बोलको गीत हालै युट्युबमार्फत सार्वजनिक गरिएको हो ।
असोज ११ गते प्रदर्शनमा आएको चलचित्र ‘छक्का पञ्जा २’ ५१ औँ दिनमा प्रवेश गरेको छ । चलचित्रले आज बिहीबार काठमाडौँको बिग मुभिज, गोपिकृष्ण र गुण सिनेमा लगायतका केही हलमा ५१ औँ दिन मनाएको हो ।
नेपालका सबैभन्दा होचा कलाकारको रूपमा परिचित दिपेन शाहको निधन भएको छ । १९ वर्षीय शाहको बिहीबार बिहान ९ बजेको समयमा निधन भएको हो । उनकोे निधन ईमाडोलस्थित किष्ट मेडिकल कलेजमा भएको हो ।
विगत तिन वर्ष देखि रोकिएको ‘क्रिटिक्स अवार्ड’ यस वर्षबाट सुचारु हुने भएको छ । नेपाल चलचित्र समिक्षक समाजले वितरण गर्दै आइरहेको ‘क्रिटिक्स अवार्ड’ पछिल्लोतीन वर्षको अवार्ड एकसाथ वितरण गर्न भएको हो ।
पछिल्ला केही दिन यता सिने नगरीमा नायक प्रदीप खड्का र नायिका प्रियंका कार्कीको चर्चा बढ्दो छ । केही दिन अघि प्रदीपले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहसँग चलचित्र गर्ने भन्ने समाचारले मिडियामा राम्रो स्थान पाएको थियो । यता प्रियंका पनि विभिन्न कारण चर्चामा आइरहिन् ।
नेपाली चलचित्र ‘नालापानी’को लागी यति बेला नेपाल आर्मीको अडिसन भएको छ । नेपालले ब्रिटिस साम्रान्यबिरुद्द युद्ध गरेको थियो । भारतसम्म आइपुगेको तत्कालीन ब्रिटिसको विरुद्ध उक्त समयमा वीर गोरखाली सेना कप्तान बलभद्र कुँवरको नेतृत्वमा नेपालले अङ्ग्रेजसँग बहादुरीपूर्वक लडाइँ लडेको थियो ।
सोमबार रातीबाट सामाजिक सञ्जालमा २०१७ मिस नेपालकी पहिलो रनरअप नीति शाहको आलोचना बढ्दो भइरहेको छ । मिस इन्टरनेशनलमा आफूलाई नेपालको प्रतिनित्व गर्ने नीति महिना दिन अघि जापान पुगेकी थिइन् । हरेक वर्ष हुने मिस नेपाल जस्तै यसबर्ष मिस नेपालमा नीति सहभागी भएकी थिइन् ।
चलचित्र ‘शेरबहादुर’को पहिलो गीत सार्वजनिक भएको छ । ‘कान्छी मट्याङ ट्याङ’ बोलको गीत मङ्गलवार काठमाडौँमा आयोजना भएको एक कार्यक्रम बिच सार्वजनिक भएको हो । डान्सिङ नम्बरमा रहेको गीतमा चलचित्रका मुख्य कलाकार मेनका प्रधान, कर्मा, रविन्द्र झा फिचरिङ छन् ।
बलिउड अभिनेता सलमान खान अभिनित चलचित्र ‘रेस ३’मा सलमानको पहिलो लुक सार्वजनिक भएको छ । रेमो डिसुजाको निर्देशनमा निर्माण भइरहेको चलचित्रको पहिलो लुक्स् सलमानले ट्विटरमार्फत सेयर गरेका थिए ।
बाहुबली अभिनेता प्रभाष र बाहुबलीकी अभिनेत्री अनुष्का शेट्टीको अफेयरको खबर बेला बखत मिडियामा आइरहन्छ । धेरै चलचित्र एकसाथ काम गरेका प्रभाष र अनुष्काले आफूहरू मिल्ने साथीमात्र रहेको मिडियामा बताउँदै आइरहेका छन् ।