2083 अश्विन 15, विहिबार

पाइरेसीको चपेटामा ‘लुट २’, फेसबुकमा लिक भयो फिल्म 

गत वर्ष प्रदर्शनमा आएको चलचित्र ‘लुट २’ पनि पाइरेसीको चपेटमा परेको छ । निश्चल बस्नेत निर्देशित चलचित्र मङ्गलवार लिक भएको हो । सामाजिक सञ्जाल फेसबुकमा ‘वाच भिडियो अनलाइन’ नामक पेजमा लुट २ अपलोड गरिएको छ ।

‘मेला’ निर्माताले गरे श्वेताको माझी बस्तीलाई रकम सहयोग 

आउदो शुक्रवार कात्तिक २४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मेला’ युनिटले अभिनेत्री श्वेता खड्काले निर्माण गर्न लागेको एकीकृत माझी बस्तीको लागी रु.५१ हजार आर्थित सहयोग गरेको छ ।

सेन्सरले दियो ‘रोमियो’लाई युनिभर्सल, फिल्म सबैले हेर्न पाउने 

यही शुक्रवारबाट प्रदर्शन हुन लागेको चलचित्र ‘रोमियो’लाई सेन्सरले युनिभर्सल प्रमाण पत्र दिएको छ । मङ्गलवार सेन्सर भएको चलचित्रलाई हरेक उमेर सम्ुशकाले हेर्न पाउने प्रमाणपत्र दिएको थियो ।

सन्नी लियाेनी भन्दा हट भन्दै भारतीय मिडियामा अनमाेलकी नायिकाकाे चर्चा

नायक अनमोल केसीसँग नेपाली रजतपटमा डेव्यु गर्न लागेकी नायिका अदिती बुढाथोकीको चर्चा यति बेला भारतीय मिडियामा भएको छ । लामो समय देखि भारतको मुम्बईमा बस्दै आइरहेकी अदितीले केही भारतीय म्युजिक भिडियोमा काम गरिसकेकी छिन् । केही समय अगाडी मात्रै उनको एक पन्जाबी म्युजिक भिडियो सार्वजनिक भएको थियो ।

सुरु भयाे मण्डलामा दयाहाङ राईको ‘झ्यालिञ्चा’

अभिनेता दयाहाङ राई निर्देशित नाटक मङ्गलवारबाट मञ्चन हुँदैछ । अनामनगर स्थित मण्डला नाटकघरमा मञ्चन हुने ‘झ्यालिञ्चा’ अभिनेता राईको कमब्याक नाटकको रूपमा लिइएको छ । नाटकमा कलाकार विजय बराल र रञ्जना ओलीको अभिनय रहेको छ ।

नाजिर र शिल्पाको जोडीमा बन्ने भयो ‘कागजपत्र’

नेपाली कथानाक चलचित्र ‘कागज पत्र’ बन्ने भएको छ । काठमाडौँमा मङ्गलवार एक कार्यक्रम गर्दै चलचित्रको औपचारिक घोषणा गरिएको थियो । ‘झुम्की’ चलचित्र निर्देशक अपिल विष्टको लेखन र निर्देशनमा बन्न लागेको चलचित्रमा खिलेन्द्र तिमल्सिना, मुकेश रेग्मी, प्रजाप्रति सिवाकोटीको लगानी रहेको छ ।

अस्ट्रेलिया र जापानपछि अन्य देशमा ‘फाटेको जुत्ता’ रिलिज हुदैँ, हेर्नुस् तालिका 

कात्तिक १७ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘फाटेको जुत्ता’ विभिन्न सहरमा प्रदर्शन हुने भएको छ । अस्ट्रेलिया र जापानमा रिलिज भएसँगै अब अस्ट्रेलियाको मेलवर्न र अन्य देशहरूमा पनि फाटेको जुत्ता रिलिन हुने निर्माण पक्षले जनाएको छ ।

एक्सन अवतारमा सलमान, ‘टाइगर जिन्दा हे’काे ट्रेलर यस्तो 

बलिउड अभिनेता सलमान खान अभिनित चलचित्रको ‘टाइगर जिन्दा हे’को ट्रेलर सार्वजनिक भएको छ । एक्सन अवतारमा देखिएका सलमान उक्त चलचित्रमा भारतीय एजेन्टको रूपमा देखिएका छन् ।

जम्दै अर्पण र ऋचाको जोडी, बन्ने भयो ‘फेरि–फेरि’

पछिल्लो समय अभिनेता अर्पण थापा र ऋचा शर्मा प्राय चलचित्रमा एकसाथ देखिन थालेका छन् । यी दुईले आधा लभ र फिर्केमा एकसाथ काम गरेका छन् । अर्पणको निर्देशनमा बनेको सुनकेशरीमा ऋचा शिर्ष भूमिकामा प्रस्तुत छिन् ।अब फेरि यो जोडीले एकसाथ स्क्रिन सेयर गर्ने भएका छन् ।

‘ह्याप्पी डेज’को नयाँ गीतमा सञ्जय र प्रियंकाको रोमान्स 

चलचित्र ‘ह्याप्पी डेज’को नयाँ गीत सार्वजनिक भएको छ । अभिनेत्री प्रियंका कार्की र अभिनेता सञ्जय गुप्ताको अभिनय रहेको ‘तिमी बिना’बोलको सार्वजनिक गरिएको हो । सोमबार काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गरी चलचित्रको गीतहरू र टिजर देखाइएको थियो । सार्वजनिक गीतमा तारा प्रकाश लिम्बु र दिपा लामाको स्वर रहेको