पछिल्लो समय नेपाली चलचित्र बजार बिस्तार बढ्दो छ । सिनेमाको बजार बिस्तारसँगै कलाकारहरूले पनि आफ्नो पारिश्रमिक बढाउन थालेका छन् । पारिश्रमिकको कारण चर्चामा आउने नायकमा अनमोल केसी, प्रदिप खड्का अगाडी छन् ।
अभिनेता आर्यन अधिकारी र अभिनेत्री प्रियंका कार्की अभिनित चलचित्र ‘बट्फ्लाई’को छायाङ्कन सकिएको छ । केही दिन अघि कालिन्चोक, मुडे, दोलालघाट लगायतका स्थानमा चलचित्रको गीतको छायाङ्कन गरिएको थियो ।
पछिल्लो समय नायक पल शाह र नायिका आँचल शर्माको जोडीलाई दर्शकले निकै रुचाइरहेका छन् । यी दुई अभिनित केही चलचित्र प्रदर्शन भइसकेका छन् भने केही म्युजिक भिडियोमा पनि सँगै काम गरेका छन् ।
आज शुक्रवार नेपाली चलचित्र ‘फाटेको जुत्ता’ प्रदर्शनमा आएको छ । निकेश खड्काको निर्देशन रहेको चलचित्रले मल्टिप्लेक्समा ३५ सो पाएको छ भने सिंगल स्किृनमा पनि धेरै सो पाएको छ । अभिनेता सौगात मल्ल र प्रियंका कार्कीको मुख्य भूमिका रहेको चलचित्रको गीत, ट्रेलर, संवादको कारण चर्चामा रहेको थियो ।
चलचित्र 'फाटेको जुत्ता' भोलि(कार्तिक १७)बाट प्रर्दशनमा आउंदैछ । सौगात मल्ल, प्रियंका कार्की, कामेश्वर चौरासिया, रबिन्द्र झा, अनोज पाण्डे लगायतको मुख्य भूमिका रहेको उक्त चलचित्र दर्शक माझ बहुप्रतिक्षित बनिरहेको छ ।
गत वर्ष प्रदर्शनमा आएको चलचित्र ‘छक्का पञ्जा’मा समावेश ‘पूर्व पश्चिम रेल’ गीतलाई युट्युबमा २ करोड पटक हेरिएको छ ।
कात्तिक २४ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘मेला’लाई भारतमा प्रदर्शन गर्ने अधिकार भोजपुरी स्टार परदेश शाहले किनेका छन् ।
अभिनेता दयाहाङ राई र अभिनेत्री श्वेता खड्का अभिनित ‘कान्छी’को पहिलो गीत सार्वजनिक भएको छ । बिहीबार काठमाडौँमा आयोजित पत्रकार सम्मेल बिच चलचित्रको पहिलो गीत सार्वजनिक गरिएको हो । ‘चरी चट्ट परि’ बोलको सार्वजनिक गीतमा दयाहाङ र श्वेताले नृत्य गरेका छन् ।
गायक सुजन माइकल श्रेष्ठको नयाँ गीत 'दिन रातनै' सार्बजनिक गरिएको छ । गीतमा शब्द र संगीत भने संजित श्रेष्ठको रहेको छ । गीतलाई बृजेश श्रेष्ठले एरेन्ज गरेका हुन् ।
‘मिस युनिभर्स’ सौन्दर्य प्रतियोगितामा पहिलोपटक नेपालले सहभागिता जनाउँदै छ । लग भेगसमा हुने प्रतियोगितामा नेपालबाट हिडन ट्रिजरको व्यवस्थापनमा ’मिस अर्थ नेपाल २०१२’ का नग्मा श्रेष्ठ सहभागी हुँदै छिन् ।