अभिनेत्री ऋचा शर्माको निर्माण तथा अभिनय रहेको चलचित्र ‘सुनकेशरी’को नयाँ पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा अभिनेत्री शर्मालाई डरलाग्दो लुक्समा देखाइएको छ ।
व्यापारिक तथा समीक्षामा सफल मानिएको चलचित्र ‘झोला’ युनिटले दाइजो प्रथामा आधारित चलचित्र ‘भोर’ बनाउने भएको । यादवकुमार भट्टराईको निर्देशन रहेको चलचित्रको गुपचुप रूपमा छायाङ्कन भइरहेको थियो ।
केही समयको लागी रोकिएको अनमोल केसी स्टारर फिल्म ‘कृ’को पुन सुटिङ भएको छ । काठमाडौँको विभिन्न स्थानमा यति बेला कृको सुटिङ भइरहेको छ ।
ड्रिम्स र ए मेरो हजुर २ सफल भएपछि चर्चामा आएकी अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह अभिनित तेस्रो चलचित्र ‘तिमी सँग’को छायाङ्कन सकिएको छ । चलचित्रको पर्दामा पहिलो पटक अन्नपूर्ण बेस क्याम्पको दृश्य कैद गर्दै यो चलचित्रको छायाङ्कन सक्किएको छ ।
बिहीबार छठको अवसर पारेर प्रदर्शनमा आएको चलचित्र ‘ऐश्वर्य’ले यति बेला दर्शकको राम्रो साथ पाइरहेको छ । सुरुवात दिन सुखद ओपनिङ गरेको चलचित्रले तिन दिनमा २ करोड नजिकको व्यापार गरेको निर्माण पक्षले बताएको छ ।
निर्देशक बसन्त निरौला निर्देशित नयाँ चलचित्र ’होलिडे’को छायाँकन सकिएको छ । यूरोपका बिभिन्न मुलुकमा छायांकन गरिएको चलचित्रमा गौरव पहारी, पबित्रा आचार्य, बुद्धि तामाङ, श्याम श्रेस्ठ, बेनि ढुंगाना लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
अभिनेत्री केकी अधिकारीले निर्माण गर्न लागेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’को आज आइतबार शुभ मुर्हत गरिएको छ । नेपालगञ्जस्थित बागेश्वरी मन्दिरमा निर्माण युनिटले क्यामेरा पूजा गरी चलचित्रको छायाँकनको सुरुवात गरिएको हो ।
एक बर्ष अघि एकाएक भाईरल बनेकी कुशुम श्रेष्ठ उर्फ तरकारीवालीले नेपाली फिल्म ‘लम्फु’मा अभिनय गरेकी छिन् । एकाएक चर्चामा आएसँगै उनलाई ‘लम्फु’ नामक फिल्मको लागी अफर गरिएको थियो ।
पछिल्लो समय चलचित्र प्रमोसन गर्ने फिल्मकर्मीहरु नयाँ नयाँ तरिका अपनाउने गर्दछन् । यसैक्रममा आउँदो शुक्रवारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘फाटेको जुत्ता’ले प्रमोसनको लागी नयाँ उपाय अपनाएको छ ।
एक समय थियो अभिनेत्री रेखा थापा र अभिनेता आर्यन सिग्देलको जोडीलाई नरुचाउने कमै भेटिन्थे । यी दुई अभिनित प्राय चलचित्रहरु सफल पनि भएका छन् । सिनेमा क्षेत्रमा चर्चा कमाउने र सुहाउने जोडीमा रेखा र आर्यनको नाम अगाडी छ । तर ८ वर्ष अघि दुवै एकअर्काको अनुहार समेत हेर्ने नसक्ने गरी छुट्एि ।