एम.टिभी रोडिजको अन्तर्राष्ट्रिय फ्रेन्चाइजस्वरुप नेपालको हिमालयन च्यानलबाट प्रसारण भइरहेको हिमालयन रोडिजले पछिल्लो समय चर्चा पाइरहेको छ । चार महिना अघिदेखि सुरु भएको रियालिटी सो हिमालय रोडिजको ग्राण्ड फिनाले अगामी साता हुनेछ ।
नेपाल आइडलको छिनो फानो लागेको पनि निकै समय भइसकेको थियो । पहिलो नेपाल आइडलको बिजेता बने बुद्ध लामा । बुद्धले नगत र अन्य पुरस्कार सहित महिन्द्राको गाडी पनि पाएका थिए तर लामो समय पछीसम्म पनि उनलाई उक्त गाडी प्रदान गरिएको थिएन ।
तपाईका कुनै जुत्ता फाटेका छन् भने कात्तिक ११ गते यानिकी भोली (शनिबार) पुरानो जुत्ता लगाएर जानुस् र नयाँ ‘गोल्डस्टार’ जुत्ता लगाएर फर्किन सक्नु हुनेछ ।
'नाइ नभनु ल ४’ बाट चर्चामा आएको जोडी पल शाह र आँचल शर्माको ‘जानी नजानी’बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
एक समय थियो कलाकारहरू आफ्नो प्रेमको बारेमा सकेसम्म खुलाउन चहान्दैनन् थिए । सम्बन्धको बारेमा खबर बाहिरिए आफ्नो करियर र क्रेज घट्ने सोचाई राखिन्थ्यो । तर पहिलो समय नेपाली चलचित्रमा युवा पुस्ताको आगमनसँगै सोचाईमा पनि परिवर्तन आइसकेको छ ।
हिजो बिहीबारबाट प्रदर्शनमा आएको चलचित्र ‘ऐश्वर्य’ले सुखद सुरुवात गरेको छ । झन्डै एक सय हलमा एकसाथ रिलिज भएको चलचित्रको बिहानीमा सोमा ८० देखि ९० प्रतिशत अकुपेन्सी रहेको निर्माण पक्षले बताएको छ ।
चलचित्र ‘हुर्रे’को पहिलो लुक्स सार्वजनिक भएको छ । पहिलो पोस्टरमा चलचित्रका कलाकारहरू अनुपबिक्रम शाही, विजय बराल, केकी अधिकारी, राजाराम पौडेल, अंकित खड्कालाई फरक रूपमा प्रस्तुत गरिएको छ ।
बलिउड अभिनेता अर्जुन कपूर र अभिनेत्री परिणिती चोपडा फिल्म सुटिङका लागी नेपाल आउने भएका छन् । दुवैको नयाँ फिल्म फिल्म ‘सन्दीप और पिंकी फरार’को सुटिङको लागी उनीहरू नेपाल आउने भएका हुन् ।
चलचित्र ‘मेला’ को नयाँ गीत सार्वजनिक भएको छ । ‘यो मुटुमा अब तिम्रो’ बोलको गीत बिहिबार युट्युब मार्फत सार्वजिक गरिएको हो । गीतमा पुरुषोत्तम सुवेदी र स्वेच्छा ठकुरीको आवाजमा रहेको छ ।
पहिलो चलचित्र ‘जेरी’मा अनमोल केसीको अपोजिटमा देखिएकी थिइन् नायिका आना शर्मा । पहिलो चलचित्र सफल भएसँगै उनको लुक्स र अभिनयलाई दर्शकले रुचाए । युवा पुस्ता माझ एकाएक चर्चामा आइन् आना ।