कलाकार सुनेमान शङ्कर ‘ईकु’को प्रस्तुति रहेको चलचित्र ‘फिर्के’को दुई पोस्टर सार्वजनिक भएको छ । पोस्टर सार्वजनिक गर्दैै निर्माण युनिटले चलचित्रको प्रदर्शन मिति पनि सार्वजनिक गरिएको छ । चलचित्र आँउदो पौष १४ गते प्रदर्शनमा आउने छ ।
छठको दिनबाट प्रदर्शनमा आएको चलचित्र ‘ऐश्वर्य’ले मङ्गलवार राजधानीमा स्थित सिटिसी मलमा रहेको सिने डी सेफमा स्पेसल सो को आयोजना गरेको छ ।
पहिलो पटक एकसाथ पर्दामा देखिन लागेका अभिनेत्री केकी अधिकारी र अभिनेता नाजिर हुसेन अभिनित ‘राज्जा–रानी’को टिजर सार्वजनिक भएको छ । टिजरमा चलचित्रका मुख्य कलाकार नाजिर हुसेन र कामेश्वर चौरासिया फिचरिङ छन् ।
पूर्व मिस नेपाल रहेकी नायिका श्रृष्टि श्रेष्ठले बलिउड डेव्यु गर्ने भएकी छन् । बलिउडको चर्चित ब्यानर यशराज फिल्मस्बाट बन्न लागेको चलचित्र ‘सन्दिप और पिंकी फरार’बाट उनले डेव्यु गर्ने लागेकी हुन् । यस अघि बलिउडको एक चर्चित गीतको कभरमा अभिनय गरेकी श्रृष्टिको चर्चा त्यहीबाट सुरु भएको थियो ।
अभिनेता निखिल उप्रेतीको निर्देशनमा छायाङ्कन भइरहेको चलचित्र ‘कमिटमेन्ट’को छायाङ्कन विगत २ महिना देखि स्थगित छ । बलिउडका केही चर्चित कलाकारसँगै नेपाल, अमेरिका, थाइल्याण्ड, सिंगापुर लगायतका स्थानमा सुटिङ हुने भनिएको चलचित्र प्राविधिकलाई पारिश्रमिक नदिइएको कारण रोकिएको हो ।
छोटो समयमा चलचित्र क्षेत्रमा आफ्नो छुट्टै पहिचान सफल अभिनेत्री हुन् –प्रियंका कार्की । व्यस्त नायिकामा पर्ने प्रियंकाले चलचित्र क्षेत्रमा पाइला चालेको करिब ५ वर्ष पुगिसकेकाे छ । यसै वर्ष मात्र प्रियंका अभिनित लगभग आधा दर्जन चलचित्रहरु प्रदर्शनमा आइसकेका छन् ।
पछिल्लो समय युवा माझ चर्चित बनेको रियालिटी सो ‘हिमालय रोडिज’को विजेता धरानका समन श्रेष्ठ बनेका छन् । सोमबार राती ८ बजे हिमालय टेलिभिजनमा प्रशारित पहिलो सिजन अन्तर्गतको ग्राण्ड फिनालेबाट समन विजेता घोषित भएका हुन ।
अभिनेत्री निता ढुंगाना सन प्रान्सिस्कोमा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भएकी छिन् । अमेरिकाको क्यालिफोर्निया राज्यको सन् फ्रान्सिस्को सहरमा आयोजित ‘सन फ्रान्सिस्को चलचित्र महोत्सव’ उनीद्धारा अभिनित चलचित्र ‘पञ्चायत’ सहभागी भएको थियो ।
आँउदो शुक्रवार देखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘फाटेको जत्ता’मा अभिनेता दयाहाङ राईको पनि अभिनय रहेको खुलासा भएको छ । सोमबार राती निर्माण पक्षले दयाको फोटो फेसबुकमा राख्दै यो कुरा खुलाएको हो ।
एक समय म्युजिक भिडियोमा जमेकी नायिका हुन् प्रकृति श्रेष्ठ । ‘हनि बनी’ नामक गीतमा नायक पल शाहसँग अभिनय गरेकी प्रकृतिको करियरको सुरुवात त्यही गीतबाट भयो । त्यसलगतै उनले दर्जनौँ गीतमा अभिनय गरिसकेकी छिन् ।