अभिनेत्री श्वेता खड्का र अभिनेता दयाहाङ राई अभिनित चलचित्र ‘कान्छी’को पहिलो गीत ‘ चरी चट्ट परी’युटुव ट्रेन्डिङको पहिलो स्थानमा आएको छ । अपलोड भएको तीन दिनमा ९ लाख ४५ हजार बढी भ्युज कमाउँदै चरी चट्ट युटुवको ट्रेन्डिङ नम्वर एकमा आएको हो ।
नायक बिपिन कार्कीको मुख्य भूमिका रहेको चलचित्र 'नाका'को फर्स्ट लुक टिजर सार्बजनिक गरिएको छ । हरेक चलचित्रमा आफुलाई फरक अवतारमा प्रस्तुत गर्न रुचाउने बिपिन यस चलचित्रमा पनि सफल देखिएका छन् ।
अभिनेत्री झरना थापाको निर्देशनमा बनेको चलचित्र ‘ए मेरो हजुर २’ अब अष्टे«लियामा प्रदर्शन हुने भएको छ । नेपालमा सफल बनेको चलचित्र अस्ट्रेलियाको विभिन्न सहरमा प्रदर्शन हुने छ । निर्माण पक्षको अनुसार अस्ट्रेलियाको तासमानियामा १२, सिड्नीमा १८ र मेलबर्नमा १९ नोभेम्बरमा चलचित्र प्रदर्शन हुन लागेको हो ।
अभिनेता दयाहाङ राई र अभिनेत्री वर्षा सिवाकोटीको जोडीमा नेपाली चलचित्र ‘भैरे’ बन्ने भएको छ । चलचित्र ‘कारखाना’ पछि वर्षा अभिनित कुनै चलचित्र प्रदर्शनमा आएका छैनन् ।
चलचित्र ‘रोमियो’को नयाँ गीत सार्वजनिक भएको छ । आउँदो शुक्रवार अर्थात् कात्तिक २४ गते प्रदर्शनमा आउन लागेको चलचित्रको एक वियोगान्त गीतको भिडियो सार्वजनिक भएको हो । गीतको भिडियोमा चलचित्रकी अभिनेत्री निशा अधिकारीको लागी अभिनेता हसनराजा खान तड्पिएको देख्न सकिन्छ ।
नेपाली चलचित्र ‘कोहिनुर’बाट अभिनय गरेसँगै अभिनेत्री श्वेता खड्का सिनेमाबाट गुमनाम जस्तै भइन् । अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन भएसँगै सिनेमाबाट टाढिएकी श्वेताले यति बेला चलचित्र कान्छीबाट निर्माणमा हात हालेकी छिन् ।
शुक्रबारबाट करिब १०० भन्दा बढी हलमा प्रर्दशन भएको चलचित्र 'फाटेको जुत्ता'ले शुक्रबार र शनिबार आक्रामक व्यापार गरेको छ । शुक्रबार र शनिबार मात्रै चलचित्रले करोड माथिको व्यापार गरेको निर्माण पक्षले जनाएको छ ।
गायक बिपी वाग्लेको नयाँ गीत ‘म छहारी हुँ तिम्रो’ सार्वजनिक गरिएको छ । डा. भोला रिजालको शब्दमा रहेको उक्त गीतलाई गायक आफैले कम्पोज गरेका हुन् भने रिकेश गुरुङ्ले एरेन्ज गरेका छन् l
चलचित्र ‘शत्रु गते’को यति बेला बिरगञ्जमा छायाङ्कन भइरहेको छ । मल्टिस्टारर चलचित्र रहेको ‘शत्रु गते’लाई प्रदीप भट्टराईले निर्देशन गर्दै छन् । शुक्रवार चलचित्रको सुटिङ स्थलबाट केही तस्बिरहरू बाहिरिएका छन् । उक्त तस्बिरमा अभिनेत्रीहरु प्रियंका कार्की, दिपाश्री निरौला र आँचल शर्मा छन् ।
लामो समय पछि चलचित्रमा कमब्याक गरेकी अभिनेत्री श्वेता खड्का अभिनित चलचित्र ‘कान्छी’को पहिलो गीत बिहीबार सार्वजनिक गरिएको थियो । सार्वजनिक भएको २४ घण्टा नबित्दै युट्युवमा उक्त गीतमा ४ लाख बढीले हेरिसकेका छन् ।