नायक नाजिर हुसेन र नायिका केकी अधिकारी अभिनित चलचित्र ‘राज्जा–रानी’को पहिलो गीत सार्वनिक भएको छ । ‘चिप्पक..चिप्पक’बोलको उक्त गीत शुक्रवार साझ युट्युव मार्फत सार्वजनिक भएको छ ।
पछिल्लो समयको चर्चित नृत्य समूह ‘द कार्टुन क्रु’को नयाँ भिडियो सार्वजनिक भएको छ । ‘दिलको भित्तै’मा बोलको उक्त गीत शुक्रवार युट्युबमार्फत सार्वजनिक भएको हो । गीनमा एन्जिला रेग्मी, नवीन रावल, अल्मोडा राना उप्रेतीको स्वर रहेको छ ।
चलचित्र ‘बटरफ्लाई’को नयाँ रोमान्टिक गीत सार्वजनिक भएको छ । शुक्रवार काठमाडौँमा आयोजना गरिएको एक कार्यक्रम बिच चलचित्रको नयाँ गीत सार्वजनिक गरिएको हो । गीतको भिडियोमा चलचित्रका मुख्य दुई कलाकार आर्यन अधिकारी र प्रियंका कार्की फिचरिङ छन् ।
गत साता प्रदर्शनमा आएको चलचित्र ‘फाटेको जुत्ता’को सिक्वेल बन्ने भएको छ । बिहीबार काठमाडौँमा आयोजना गरिएको फाटेको जुत्ताको सक्सेस पार्टीमा निर्माता अर्जुन कुमारले फाटेको जुत्ता बन्ने घोषणागरेका हुन् ।
गायक, गीतकार तथा सङ्गीतकार मानस राजको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ’भाईरल भैदियो’ बोलको गीत बिहीबार युट्युव मार्फत सार्वजनिक गरिएको हो । स्वर, शब्द तथा सङ्गीत मानस राजको रहेको यस गीतको भिडियोलाई सबिन कार्की ’बिस्ट’ले तयार पारेका छन् ।
आज शुक्रवारबाट सिनेमाघरमा एकसाथ चार नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । जसमा ‘मेला’, ‘रोमियो’, ‘तान्द्रो’ र ‘सकस’ रहेको छ ।
यस वर्षको बहुप्रतिक्षीत चलचित्र ‘कृ’को प्रदर्शन मिति घोषणा भएको छ । बिहीबार ‘कृ’का निर्माता सुवास गिरीले आफ्नो फेसबुकमार्फत स्टाटस लेख्दै चलचित्रको अन्तिम सेड्युलको सुटिङ बिट मारेको बताएका छन् ।
नेपाली चलचित्र ‘ड्रिम गर्ल’ बन्ने भएको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै चलचित्रको निर्माण घोषणा गरिएको हो । आर.बि.मुभिज र रिल एण्ड रियल सिनेमाको सहकार्यमा निर्माण हुन लागेका चलचित्रलाई ऋषि राज आचार्यले निर्देशन गर्ने छन् ।
हास्य कलाकार मध्य परिचित नाम हो विल्सन विक्रम राई । ‘मेरी बास्सै' नामक हास्य टेलिसिरियलमा ‘तक्मे बुढा’को परिचय बनाएका विल्सनले दर्जनौ चलचित्रमा काम गरिसकेका छन् । बलिउड चलचित्रमा समेत काम गरिसकेका विल्सनले बिहीबार एक कार्यक्रममा अबबाट छोटो भूमिका (गेस्ट रोल) मा काम नगर्ने बताएका छन् ।
बोक्सी प्रथाको कथालाई लिएर चलचित्र ‘अग्निदहन’ तयार भएको छ । बुधवार काठमाडौँमा आयोजना गरिएको एक कार्यक्रम बिच चलचित्रको पोस्टर र टीजर सार्वजनिक गरिएको छ ।