अभिनेत्री प्रियंका कार्की र आर्यन अधिकारी अभिनित चलचित्र ‘बटरफ्लाई’को प्रदर्शन मिति घोषणा भएको छ । निर्माण पक्षको अनुसार चलचित्र पुस २८ गतेबाट प्रदर्शनमा आउने भएको छ । द फ्रेम क्रियशन प्रालिको ब्यानरमा तयार भएको चलचित्रलाई ओम प्रतीक गुरुङले निर्देशन गरेका हुन् ।
गायक सिएलएस सुनिल श्रेष्ठको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ’लजाएर मुस्कुराउने’ बोलको म्युजिक भिडियो हालै मात्र सार्वजनिक भएको हो ।सार्वजनिक भिडियोमा कलाकार अदिप श्रेष्ठ र भद्रगोलकी रक्षा श्रेष्ठ फिचरिङ रहेका छन् ।
चलचित्र ‘मेला’को नयाँ गीत सार्वजनिक भएको छ । काठमाडौँमा आइतबार एक कार्यक्रम आयोजना गर्दै चलचित्रको पहिलो गीत सार्वजनिक गरिएको हो । संगीतकार अर्जुन पोख्रेलको संगीतमामा दिग्गज धुराईलीको शब्द अनि अन्जु पन्त र राम चन्द्रको स्वर रहेको ‘’परिचय पाऊ (हो सैबो हो)’’ बोलको गीत सार्वजनिक भएको हो ।
पहिरनको बिषयमा सचेत अभिनेत्री भित्र पर्छिन् प्रियंका कार्की । कुनै पनि कार्यक्रम पुग्दा फरक शैलीको गेटअपमा प्रियंका पुगेकी हुन्छिन् । प्रियंकाले हालै आफ्नो अफिसियल इन्ट्राग्राम एकाउन्ट मार्फत एउटा फोटो सेयर गरेकी छिन् । उक्त तस्बिरमा उनको साथमा बैकंर रविना देशराज छिन् ।
कलाकारहरूको फ्यान फलोइङ हुनु भनेको नौलो कुरा होइन । आफूलाई मन परेको कलाकारसँग भेट्ने इच्क्षा सबैलाई हुन्छ । करिब दुई दशकको सिने यात्राको क्रममा अभिनेत्री झरना थापाले एक फरक फ्यान भेट्टाएकी छिन् । शनिवार चलचित्र ‘ए मेरो हजुर २’को हल रिपोर्ट लिन अभिनेत्री झरना थापा गोपीकृष्ण पुगेकी थिइन् ।
कलाकारको लागी चलचित्रमा अभिनय गर्नु जति महत्त्वपूर्ण मानिन्छ उति नै प्रमोसनमा हिड्नु पनि मानिन्छ । कतिपय अवस्थामा एउटै चलचित्रले पनि कलाकारको करियरको बाटो मोड्दिन सक्छ । प्राय जसो कलाकारहरू आफू अभिनित चलचित्र प्रदर्शनको संघारमा आइपुग्दा जोडतोडले प्रमोसनमा लाग्छन् ।
शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘ए मेरो हजुर २’ले दर्शकको राम्रो साथ पाएको छ । सुखद सुरुवात गरेको चलचित्रको सनिबार अधिकांश शो हाउसफुल थियो ।
छोटो समयमा २ करोड भ्यु पाएर नयाँ रेकर्ड कायम गरेको छ । योसंगै चलचित्रको खातामा एउटा नयाँ रेकर्ड थपिएको छ । हुन त चलचित्रको खातामा सबै भन्दा छिटो १ करोड भ्यु पुग्ने गीत, २४ घण्टामा सबै भन्दा धेरै पटक हेरिने ट्रेलरलगायतको रेकर्ड छदैछ ।
हिजो (शुक्रबार)बाट प्रदर्शनमा आएको चलचित्र ‘ए मेरो हजुर २’ले ओपनिङ सुखद गरेको छ । अभिनेत्री झरना थापाको निर्देशनमा बनेको चलचित्र ए मेरो हजुर २ लाई देशभरबाट ९० हल मिलेको थियो भने पहिलो दिन प्राय सबै हल हाउसपुल रहेको निर्माण पक्षले जनाएको छ । चलचित्रले पहिलो दिन देशभरबाट ७८ लाख ग्रस कलेक्शन गरेको निर्
यस बर्षको प्रतिक्षित चलचित्र छक्का पञ्जा २ को पोस्टर सार्वजनिक भएको छ । चलचित्रका निर्माता तथा कलाकार दिपक राज गिरीले आफ्नो फेसबुकबाट अफिसियल पोस्टर सार्वजनिक गरेका हुन् । यस अघि निर्देशक दिपाश्री निरौलाले मित्रता दिवसको अवसर पारेर पोस्टर सार्वजनिक गरेकी थिइन् । चलचित्रमा रहेका दुई गीतहरु सार्वजनिक