यस बर्षको सफल चलचित्र ‘म यस्तो गीत गाउँछु’ को सिक्वेल बन्ने भएको छ । बुधबार निर्देशक सुदर्शन थापाको जन्मदिनको अवसर पारेर ‘म यस्तो गाउँछु २’ बन्ने अनौपचारिक घोषणा गरिएको हो । चलचित्रको पूरानै जोडी पूजा शर्मा र पल शाह दोहोरिने भएको छ ।
चलचित्र 'रानी'को नयाँ गीत सार्वजनिक भएको छ । गीत रिलिज सँगै चलचित्र।'भन भन' बोलको गीत बिहिबार सार्वजनिक गरिएको हो । गीतमा बिजय घिमिरेको शब्द तथा संगीत रहेको छ भने बिजय स्वयमले गीतलाई गाएको छन् ।
गायनमा आधारित रहेको रियालिटी सो नेपाल आइडलको भोट गणना गर्ने कार्य नगर्न काठमाडौं जिल्ला अदालतल अल्पकालीन अन्तरिम आदेश दिएको छ ।नेपाल आइडलको न्यायधीय दिवाकार भट्टको एकल इजालशले नेपाल आइडल विरुद्ध परेको रिटमा सुनुवाई गर्दै बुधबार यस्तो अल्पकालीन अन्तरिम आदेश दिएका हुन् ।
बर्षको प्रतिक्षित चलचित्र ‘छक्का पञ्जा २’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार साँझ चलचित्रको ट्रेलर युट्युब मार्फत सार्वजनिक भएको हो । दिपाश्री निरौलाको निर्देशन रहेको ‘छक्का पञ्जा २’को ट्रेलरमा हास्यसँग युवा पुस्ताले सोच्ने समाजलाई चित्रण गर्ने खोजिएको छ ।
चलचित्र ‘मंगलम’को पहिलो गीत सार्वजनिक भएको छ । ‘पर्ख पर्ख’ बोलको गीत बुधबार साँझ युट्युब मार्फत सार्वजनिक गरिएको हने । लोक लयमा बनेको उक्त गीतमा दीपक शर्माको शब्द तथा संगीत रहेको छ भने कृष्ण काफ्ले र विन्दु परियारको स्वर रहेको छ । सार्वजनिक गीतको भिडियोमा चलचित्रका मुख्य नायक–नायिका पुष्पल खड्का र
चर्चित गायिका अन्जु पन्तले पहिलो पल्ट एकल साँझमा प्रस्तुत हुन लागेकी छिन् । अन्जु पन्त फाउन्डेसनको आयोजनामा नेपाल रेकर्डिस्ट एसोसियनका लागि अन्जु एकल गायनका लागि प्रस्तुत हुन लागेकी हुन् । आउँदो शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा साँझ ४ बजेबाट सुरु हुने कार्यक्रममा अन्जुले आफ्ना जीवनकालका चर्चित
बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले आफ्नो वैवाहिक बर्षगाँठको अवसरमा मगंलबार आफ्नो आत्मकथा ‘महको म’ सार्वजनिक गरेका छन् । मदनकृष्णको ‘महको म’लाई हरिवंश आचार्यले लोकार्पण गरेका थिए । करिब ३७ बर्ष एकसाथ मह जोडीले कलाकारितामा सहयात्रा गरिरहेको छ । आफुले नजानेर केही गल्ती गरेमा माफी माग्दै हरिबंशले मदनकृष्ण
संचारकर्मी ऋषि धमलाकी पत्नी एलिजा गौतमले चलचित्र निर्माण गर्ने औपचारिक घोषणा गरेकी छिन् । केही दिन अघि चलचित्र निर्माण गर्ने खबर बाहिरिए सँगै नाम भने सार्वजनिक भएको थिएन् । काठमाडौँमा बुधबार एक कार्यक्रम बिच चलचित्रको नाम ‘अनुराग’ रहने घोषणा गरिएको हो ।
करिब ३६ बर्ष पछि बरिष्ट कलाकार टीका पहारीले ‘लाटीको छोरो’ नाटक मार्फत रंगमञ्चमा पर्किएका छन् । समय व्यस्तताका कारण नाटकमा फर्किन नपाएको बताउने टीका लाटीको छोरोमा भने प्रधानपञ्चको भुमिकामा देखिएका छन् ।
चर्चाको साथमा विवादित बनिरहेको गायनमा आधारित रहेको रियालिटी सो नेपाल आइडलले यो साता निशुल्क भोटिङको व्यवस्था मिलाएको छ । आफ्नो मन पर्ने प्रतिस्प्रर्धीलाई अब भोट गर्ने नेपाल आइडलको एप डाउनलोड भोट गर्ने मिल्ने भएको छ ।