यस बर्षको प्रतिक्षित चलचित्र ‘छक्का–पञ्जा २’लाई यतिबेला राहत मिलेको छ । असोज ११ गते प्रदर्शन मिति तय भएको ‘छक्का–पञ्जा २’को सोही मितिमा छविराज ओझा निर्मित चलचित्र ‘मंगलम’ आउने तय भएको थियो । तर अब ‘मंगलम’को मिति तय सरेर फाल्गुनमा ४ गते पुगेको छ ।
अभिनेत्री रेखा थापा अभिनित चलचित्र ‘रुद्रप्रिया’को नयाँ गीत सार्वजनिक भएको छ । केही समय अघि ‘रुमाल चिनो देउ’बोलको गीत सार्वजनिक भएसँगै यतिबेला स्याड भर्सनको गीत सार्वजनिक भएको हो । कात्र्तिक २ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘रुद्रप्रिया’मा रेखाको साथमा अभिनेता आर्यन सिग्देलको मुख्य भुमिका रहेको छ
गायनमा आधारित रहेको रियालिटी शो नेपाल आइडल विरुद्ध परेको रिट काठमाडौँ जिल्ला अदालतले खारेज गरेको छ । न्यायाधीश दिवाकर भट्टको एकल इजलासले अधिवक्ता यज्ञमणि न्यौपानेले दायर गरेको रिट खारेजको आदेश दिएको हो । गत साता नो इलमिनेसन राउण्ड भएसँगै सामजिक सञ्जालमा चर्को आलोचना भए पछि अधिवत्ता न्यौपानेले नेपाल
गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘ए मेरो हजुर २’ दोस्रो हप्तामा प्रवेश गरेको छ । पहिलो साता उत्साहजनक ब्यपार गरेको चलचित्रले दोस्रो साता पनि राम्रो सुरुवात गरेको छ । निर्माण पक्षको अुनसार पहिलो तिन दिनमा चलचिक्रे ३ करोड ४८ लाख ४१ हजार कलेक्सन गरेको छ ।
अष्ट्रेलियामा बसोबास गर्दै आएका गायक समीर आचार्यले ‘घिन घिन वज्यो मादलु’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनीक गरेका छन् । गीतको भिडियोमा अष्ट्रेलियामा बसोबास गर्दै आइरहेका सफल ‘डान्स ग्रुप द नेक्सट’ले नृत्य गरेका छन् ।
भदौ ३० गतेबाट प्रदर्शन हुन लागेको चलचित्र ‘लिला’को नयाँ गीत सार्वजनिक भएको छ । ’मिसावट छ पिरतीमा’ बोलको गीत सार्वजनिक भएको हो । युवराज चौलागाईको स्वर रहेको गीतमा डा.कृष्णहरी बरालको शब्द र बसन्त सापकोटाको संगीत रहेको छ । सिनेदर्पण इन्टरटेमेन्टको ब्यानरमा कृष्ण प्रसाद दंगाल प्रस्तुतकर्ता रहेको चलचित्र
गायक शिव परियारको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘मेरो माया’ले बोलको म्युजिक भिडियो हालै सार्वजनिक गरिएको हो । गायक शिव परियारको ’शिवालय’ एल्बममा समावेश गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ ।
आज शुक्रबारबाट देशभरका हलहरुमा चलचित्र ‘२ रुपैयाँ’ प्रदर्शन भएको छ । सुखद ओपनिङ गरेको ‘२ रुपैयाँ’लाई क्यु एफ एक्समा २४ सो दिइएको थियो । यसअघि निश्चल बस्नेत निर्देशित चलचित्र ‘लुट २’ले मल्टिप्लेक्समा धेरै सो पाएको थियो ।
चलचित्र ‘साढे ७’को ट्रेलर सार्वजनिक भएको छ । बिहिबार राजधानीमा एक कार्यक्रम बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । साम्तेन भुटियाको निर्देशन रहेको ‘साढे सात’को ट्रेलरमा गायक सत्यराज आचार्य र मेनुका प्रधानको केमेष्ट्रि देखाइएको छ । चलचित्रमा गायक आचार्य पत्रकारको भुमिकामा देखा परेका छन् ।
बुधबार साँझ सार्वजनिक भएको चलचित्र छक्का पञ्जा २ को ट्रेलर २४ घण्टा नबित्दै ट्रेन्डिङ एकमा आइपुगेको छ । बहुप्रतिक्षित चलचित्रको रुपमा रहेको छक्का पञ्जा २ गत बर्षको सबार्धिक कमाई गर्ने छक्का पञ्जाको सिक्वेल हो । दिपाश्री निरौलाको निर्देशनमा बनेको छक्का पञ्जा २ को चर्चा छायाँकनमा जानु अगावै रहेको थिय