दशैँ आउन केही साता मात्र बाँकी रहदा दशैँ तिहारका गीतहरु भने सार्बजनिक हुने क्रम बढ्न थालेको छ । यस्तैमा सान थापाको निर्देशनमा दशैँ तिहारको गीत सार्बजनिक भएको छ । सार्बजनिक ‘आयो दशैँ आयो’ मा कृष्ण काफ्लेको स्वर , अम्बिका गुरुङको शब्द र पुस्वोतम न्यौपानेको संगीत रहेको छ ।
पछिल्लो समय नायक प्रदीप खड्काको चर्चाले सिनेमा बजार तातेको छ । लगातार दुई हिट चलचित्र ‘प्रेमगीत’, ‘प्रेमगीत २’ दिएका प्रदीपको अहिलेका महँगा नायकको रूपमा लिने गरिन्छ । प्रदीपले हालैमात्र ‘लिलिबिली’ नामक चलचित्रमा २२ लाख पारिश्रमिक लिएर अनुबन्धित भएका छन् ।
केही दिन अघि अभिनेत्री करिष्मा मानन्धरले मैतीदेवी स्थित त्रिवेणी पब्लिक स्कुलमा कक्षा ९ मा भर्ना भएकी थिइन् । १४ वर्षको उमेरमा कक्षा ७ मा पढ्दा पढ्दै सिनेमा क्षेत्रमा प्रवेश गरेकी करिष्माले हाल ९ कक्षामा भर्ना भएको भन्दा धेरै अच्चमित भएका थिए ।
गायक तथा संगीतकार तुला पर्वतको स्वर र संगीत रहेको गीतको नयाँ भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा चर्चित नायिका बेनिशा हमालको अभिनय रहेको छ । अभिनयमा बेनिशालाई गायक तथा संगीतकार तुला पर्वत स्वयमले साथ दिएका छन् । पिउिँदा पिउँदै फाट्यो जिन्दगी, साइनो गाँसौ भन्दा छुट्यो जिन्दगी बोलको गीतलाई झकेन्
प्रदर्शन हुन २ दिन मात्र बाँकी रहन्दा चलचित्र ‘जोनी जेन्टलम्यान’को टिम भने यतिबेला मोफसलको यात्रा गरिरहेको छ । पल शाह, आँचल शर्मा, गीतरसंगीत र ट्रेलरका कारण चर्चामा रहेको सिनेमा यतिबेला राजधानी बाहिरका विभिन्न शहरहरुमा प्रचारको लागि पुगेको छ ।
‘प्रेमगीत’ र ‘प्रेमगीत २’बाट उदाएका नायक प्रदीप खड्का नयाँ चलचित्र ‘लिलिबिली’मा अनुबन्धित भएका छन् । मंगलबार काठमाडौँमा पत्रकार सम्मेल गर्दै चलचित्रको औपचारिक घोषणा गरिएको हो । ‘लिलिबिली’लाई निर्देशक मिलन चाम्सले निर्देशन गर्ने छन् ।
गत शुक्रबार देखि प्रदर्शन भइरहेको चलचित्र ‘२ रुपैयाँ’ दर्शकको लागी रु.२ मा चलचित्र हेर्ने पाउने अवसर ल्याएको छ । सफलताका साथ प्रदर्शन भइरहेको चलचित्र ‘२ रुपैयाँ’का निर्माण पक्षले यहि बिहिबार रु.२ मा चलचित्र हेर्ने पाउने घोषणा गरेको हो । जसमा भाग्यमानी १०० जनाले रु.२ मा चलचित्र हेर्ने पाउने छन् ।
बलिउड अभिनेत्री प्रियंका चोपडको निर्माण रहेको चलचित्र ‘पाहुना’ले पहिलो शोमा तारिफ बटुलेको छ । प्रियंका होम प्रोडक्सन पर्पल पबेल फिक्चर्समा बनेको चलचित्रले टोरेन्ट अन्तराष्ट्रिय फिल्म फेस्टिभलमा तारिफ पाएको हो ।
नेपली चलचित्र ‘दि कर्मा’को औपाचारिक घोषणा गरिएको छ । काठमाडौँमा मंगलबार पत्रकार सम्मेल गर्दै चलचित्रको औपचारिक घोषणा गरिएको हो । चलचित्रमा बलिउडका केही कलाकार सहित नेपाली कलाकारहरु समावेश हुने छ ।
कात्तिक २ गते प्रदर्शनमा आउन लागेको चलचित्र रुद्रप्रियाको ट्रेलर सार्वजनिक भएको छ । यस बर्षको बहुप्रतिक्षित चलचित्रको रुपमा रहेको रुद्रप्रियाको ट्रेलरमा सोमबार साँझ युट्युब मार्फत सार्वजनिक गरिएको हो । रेखा थापा ब्यानरद्धारा निर्मित चलचित्रको ट्रेलरमा एक्सन, रोमान्स, रोदन मिश्रित रहेको छ ।