2083 अश्विन 13, मंगलबार

‘२ रुपैयाँ’लाई लुट–२ पछिकै धेरै सो, अग्रिम बुकिङ खुल्ला

चलचित्र ‘२ रुपैयाँ’को बुकिङ खुल्ला गरिएको छ । सिगंल रिलिज पाएको चलचित्र ‘२ रुपैयाँ’को मंगलबारबाट बुकिङ खुल्ला गरिएको हो । असिम शाहको निर्देशनमा बनेको चलचित्र २ रुपैयाँले क्युएफएक्स सिनेमामा २४ शो पाएको छ । सम्भवत क्युएफएक्सले २४ शो दिएको लुट २ पछिको यो दोस्रो सिनेमा हो ।

लायन्सको पुरातात्विक साइकल यात्रा सम्पन्न

लायन्स क्लब इन्टरनेशनल अन्तर्गतका नेपालका ५२ वटा क्लबहरुको सहभागिता तथा आयोजनामा “लायन्स सेन्टिनियल खुल्ला पुरातात्विक साइकल यात्रा, २०७४” आज मंगलबार बिहान काठमाडौं तथा ललितपुरका ५ वटा बिश्व सम्पदाहरुलाई समेटदै सम्पन्न भएको छ । बिभिन्न झाकी तथा लाखे नाचको साथमा साईकल यात्राको उद्घाटन काठमाडौं महानगर

‘ए मेरो हजुर २’ले कति कमायो ३ दिनमा ? 

अभिनेत्री झरना थापा निर्दे्शित सिनेमाले देशभरबाट आक्रामक व्यापार गर्दै  तिन दिनमा  ३ करोड ४३ लाख २९  हजार ग्रस कलेक्सन गरेको छ। शुक्रबार देशभर ९० पर्दाबाट ७८ लाख बढी ग्रस कलेक्सन गरेको  सिनेमाले पहिलो दिन राजधानीबाट ४५ लाख ५० हजार र  राजधानी बाहिरबाट ३३ लाख २१ हजार कलेक्सन गरेको थियो  ।

एकैदिन दिपक–दिपाको‘छक्का–पञ्जा २’ र शिल्पाको ‘मंगलम’, कसले मार्ला बाजी ? 

निर्माता छविराज ओझाको निर्माणमा बनेको चलचित्र ‘मंगलम’को प्रदर्शन मिति तय भएको छ । चलचित्र दशैँलाई लक्षित गर्दै असोज ११ गते प्रदर्शनमा आउने भएको छ । सोही मितिमा दिपाश्री निरौला निर्देशित चलचित्र ‘छक्का पञ्जा २’ प्रदर्शनमा आउदै छ ।

९ कक्षामा भर्ना भइन् नायिका करिश्मा मानन्धर

अभिनेत्री करिश्मा मानन्धर विद्यालय भर्ना भएकी छिन् । ७ कक्षमा पढदै गर्दा चलचित्र क्षेत्रमा प्रवेश गरेकी करिश्माले मैतीदेबीस्थित त्रिवेणी पब्लिक स्कुलमा कक्षा ९ मा भर्ना गरेकी हुन् । औपचारिक शिक्षाको अभाव खड्किएपछि विद्यालय गएर अध्ययन गर्ने धोको पूरा गर्न लागेको उनको भनाई छ ।

बोल्ड ‘ऐश्वर्य’को पछि रमेश र प्रशान्त, सार्वजनिक भयो पोस्टर 

चलचित्र ‘ऐश्वर्य’को पोस्टर सार्वजनिक भएको छ । केही समय अघि चलचित्रको टिजर र गीत सार्वजनिक भएको थियो । टिजरमा ऐश्वर्यलाई पाउनको लागीका अभिनेता रमेश उप्रेती र प्रशान्त ताम्राकार बिचको भिडिन्तलाई देखाइएको थियो । सार्वजनिक गरिएको पोस्टरमा पनि ऐश्वर्यलाई पाउनको लागी रमेश र प्रशान्त बिचको टकरावलाई देखाउने

जितु नेपाल 'मुन्द्रे'को पार्टी प्रवेश संगै जिरे खुर्सानी फेरी आउने

लामो समय देखि बन्द रहेको कमेडी टेलि श्रृङखला जिरे खुर्सानी फेरी सुरु भएको छ । भदौ २२ गते देखि नेपाल टेलिभिजनमा हरेक बिहिबार राती ८ः४५ बजे ‘जिरे खुर्सानी’ प्रशारण हुनेछ ।

नेपाल आइडल आयोजक भन्छन् 'भोटिङबाट १७ लाख रुपैयाँमात्र प्राप्त भएकाे छ'

गायनमा आधारित रहेर बनेको नेपाल आइडल पछिल्लो समय चर्चाको साथै विवादित बनिरहेको छ । गत हप्ता कुनै पनि प्रतिस्प्रर्धिलाई आउट नगरेको भन्दै समाजिक सञ्जालमा नेपाल आइडलको विरोध गर्नेको जमात बढेको थियो । पैसाको कमाउनको लागी भन्दै कतिले नेपाल आइडललाई पैसा कमाउने भाडो समेत भन्न भ्याएका थिए । तर यति बेला नेपाल

निराजन भन्छन् सोफियालाई ‘तिमी केवल मेरो’

गायन राजन तिमल्सिनाको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘केवल मेरो’ बोलको म्युजिक भिडियो केही दिन अगाडी युट्युब मार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा गायक स्वयंमको संगीत रहेको छ । त्यस्तै गीतमा शब्द भने जि.पी तिमल्सिनाको रहेको छ ।

अभिनेता राजवल्लभ कोइरालाले गरे अमेरिकामा टिकाटालो 

अभिनेता राजवल्लभ कोइरालाले इन्गेजमेन्ट गरेका छन् । लामो समय देखि अमेरिकामा बसोबास गर्दै आइरहेका अभिनेता कोइरालाले आइतबार अमेरिकामा बस्दै आएकी प्रतिमा बिमलीसँगै इन्गेजमेन्ट गरेका हुन् । बुझिए अनुसार राजवल्लभ र प्रतिमा लामो समय देखि प्रेम सम्बन्धमा थिए । इन्गेजमेन्ट भएपनि उनीहरुको विवाहको मिति भने तय