नेपाली लोक भाका र लोक संस्कृती झल्कने गीत 'चिरी च्याट्टै' सार्वजनिक भएको छ । चलचित्र ''दयारानी'' मा समावेश उक्त गीतमा राजनराज सिवाकोटी र गायिका मेलिना राईको स्वर रहेको छ ।
'ए मेरो हजुर ३' सँग प्रतिस्पर्धा गरिरहेको यात्राले सोचे अनुरुप व्यापार गरेको यात्रा हेर्न जम्मा भएको दर्शकको भिड हेरेर अनुमान गर्न सकिन्छ ।
समग्रमा हेर्दा २०७५ नेपाली चलचित्र जगतका लागी खासै राम्रो मानिएन । धेरै जसो प्रदर्शनमा आएका चलचित्र हलमा दर्शकको आश गर्दा गर्दै बाहिरिए भने केहिले आफ्नो लगानी उठाउन सफल भए ।
शुक्रबारबाट एकसाथ प्रदर्शनमा आएका चलचित्र 'यात्रा' र 'ए मेरो हजुर ३' को प्रतिस्पर्धा बलियो रहेको छ । एकातिर अनमोलको स्टार्ड्रम र अर्को तिर सालीनले पहिलो चलचित्रबाट कामाएको प्रशंसाको परिक्षा भैरहेको छ ।
नेपाली राजातपटमा चलचित्रले कति कमायो भन्ने पत्ता लगाउने संयन्त्र बनिसकेको छैन । चलचित्रको व्यापारबाट भएको कमाइलाई पारदर्शी बनाउने उद्देश्यले लागु गरिने भनिएको बक्स अफिस ६ महिनासम्म गुमनाम छ ।
झरना थापाले निर्देशन गरेको चलचित्र 'ए मेरो हजुर ३' ले प्रीमियार मै राम्रो प्रतिकृया पाएको थियो । डेब्यु नायिका सुहाना थापा अभिनित यस चलचित्रमा अनमोल केसीलाई कास्ट गरिएको छ । चलचित्र हेरेका दर्शकले सुहानाको अभिनयको प्रशंसा गरेका छन् । चलचित्रले शुक्रबार नै बक्सअफिसमा आक्रामक सुरुवात गरेको छ । पहिलो दिन फिल्मले बम्पर ओपनिङ गरेको बताउँदै वितरक मनोज राठी भन्छन् फस्ट डे' अकुपेन्सी 'छक्का पञ्जा ३' कै आसपास रहेको थियो ।
आकाश अधिकारीले निर्देशन र स्वेता खड्का अनि शैलेश खड्काले निर्माण गरेको चलचित्र 'कान्छि' युट्युबमा रिलिज भएको छ । स्वेता खड्का, दयाह्ङ राईको मुख्य अभिनय रहेको लभ स्टोरी चलचित्र 'कान्छि'मा हिरा र कान्छिको बालापनको मित्रताको प्रेमसम्मको यात्रालाई देखाइएको छ ।
सन् २०१२ को चर्चित फिल्म 'स्टुडेन्ट अफ दि इयर'को सिक्वेल 'स्टुडेन्ट अफ दि इयर २' को ट्रेलर सार्वजनिक भएको छ । टाइगर स्रफा तथा डेब्यु नायिकाहरु तारा सुतारिया र अनन्या पाण्डेको मुख्य अभिनय रहेको छ ।
राजपाल यादव, आर्यन अधिकारी , निता ढुङ्गाना, एन्जल श्रेष्ठ, दया शंकर पाण्डे लगायत कलाकार अभिनित चलचित्र 'कड्के कमाल के 'को ट्रेलर सार्वजनिक भएको छ । लक्ष्मण सिंहको निर्देशन रहेको चलचित्रका निर्माता ऐत्वरी सिंह रहेका छन् ।
यतिबेला मोफसलको यात्रा गरिरहेको चलचित्र ‘दाल भात तरकारी’को ट्रेलर सार्वजनिक भएको छ । वैशाख २० गतेबाट रिलिज हुन लागेको यस चलचित्रको प्रचाप्रसारको लागी टिमले बिभिन्न दस शहरहरुमा कन्सर्ट आयोजना गरिरहेको छ ।