लामो समय समाजसेवामा लागी परेकी अभिनेत्री स्वेता खड्का एकाएक एयरपोर्टमा भेटिइन् । केहि समय चलचित्रबाट पर रहेर सिन्धुपाल्चोकको भुकम्प पिडित माझी गाँउमा एकिकृत बस्ती निर्माणमा लागेकी स्वेता चलचित्र ''हेल्लो जिन्दगी''को सुटिङको लागी लण्डन जान लागेकी हुन्
केहि समय अघि मात्र वैवाहिक जिवनमा बाँधिएका नायिका वर्षा राउत र संजोक कोइराला हनिमुनको लागी विदेशको यात्रामा निस्केका छन् ।
जेठ ३ गते प्रदर्शनको लागी तयारी गरिरहेको चलचित्र ''जात्रै जात्रा''को नयाँ गीत 'जिवन जात्रा हो' सार्वजनिक भएको छ । काली प्रसाद बाँंस्कोटाको स्वर र संगीत रहेको गीतलाई अर्जुन भट्टराइले लेखेका हुन् ।
चैत २९ देखी प्रदर्शन भइरहेको चलचित्र 'यात्रा'को 'फ्लाईङ फ्लाईङ' शिर्षकको गीत सार्वजनिक भएको छ । गीतमा चलचित्रकी डेब्यु नायिका मलिका महतले सलीन मान बनियाँसँग रोमान्स गरेकी छिन् ।
‘गरौँ सत्कर्म, बगाउ पसिना’ भन्ने नारा सहित बनेको चलचित्र ''पसिना'' को ट्रेलर सार्वजनिक भएको छ । बुधवार एक कार्यक्रमबिच सार्वजनिक ट्रेलरमा निम्न बर्गिय मजदुर र मालिक बिचको फराकिलो दुरी र अन्तर्द्वन्द देखाइएको छ ।
जेठ ३ गते रिलिज हुने चलचित्र ‘वीर विक्रम २’को गीत 'बाचा' रिलिज भएको छ । मङ्गबार युट्युबबाट रिलिज भएको गीतमा वर्षा सिवाकोटी र पल साह फिचर्ड छन् । तारा प्रकाश लिम्बु र दीपा लामाको स्वर रहेको गीतको कोरियोग्राफी कविराज घटराजले गरेका हुन् ।
अर्जुन कपुर अभिनित चलचित्र ''इन्डियाज् मस्ट वान्टेड'' को ट्रीजर सार्वजनिक भएको छ । सत्य घटनामा आधारित भनिएको चलचित्रको अधिकांश सुटिङ नेपालमा भएको हो ।
ह्योल्मो भाषामा बन्दै गरेको चलचित्र 'मेतोक'मा समावेश गीत 'सेम नि सेम चि' सार्वजनिक भएको छ । गायक राजु लामाले गाएको उक्त गीतमा गायिका तेन्जिन ह्योल्मोले साथ दिएकी छिन् ।
छक्का पन्जा सिरिजबाट दर्शकको मन जितेका दिपक राज गिरी र दिपाश्री निरौला नेपाली चलचित्र क्षेत्रको सो बिज भैरहेका छन् । यतिबेला यिनै जोडिले बाहिरी दुइ टिमसँग प्याच अप गरेर दुइटा चलचित्रमा काम गर्ने भएका छन् ।
पछिल्लो समय चलचित्र तथा म्युजिक भिडियोमा व्यस्त रहेकी नायिका प्रियंका कार्की र एक समयका लोकप्रिय नायक दिलिप रायमाझीको नयाँ म्युजिक भिडियो ‘पशुपतिमा सुनैको गजुर’ सार्वजनिक भएको छ ।