आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्के अभिनित चलचित्र ‘सानो मन’ को पहिलो गीत ‘रानु कम्मर’ सार्वजनिक भएको छ ।
शुक्रबारदेखी देशभर एकसाथ प्रदर्शनमा आएको चलचित्र 'दाल भात तरकारी'ले बम्पर ओपनिङ गरेको छ । सोलो प्रदर्शनको साइत जुरेको चलचित्रले काठमाण्डौका सिङल थिएटर देखी मल्टिप्लेक्स सम्म राम्रो अकुपेन्सी हात पारेको छ ।
गायिका मेलिना राई र गायक हरि लम्सालको स्वर रहेको गीत ‘परानै दिन्छु’ सार्वजनिक भएको छ । शुक्रबार युट्युबमा भिडियो सहित सार्वजनिक भएको गीतमा प्रल्हाद शाहको शब्द रहेको छ भने हरि लम्सालको संगीत रहेको छ ।
एक्सन हिरो विराज भट्टको निर्माण र निर्देशनमा चलचित्र ‘साङ्गलो’ बन्ने भएको छ । शुक्रबार काठमाण्डौंमा एक कार्यक्रम आयोजना गर्दै चलचित्रको औपचारिक घोषणा गरिएको हो । चलचित्र 'साङ्गलो'मा नायक विराजसँगै मिस नेपाल निकिता चन्डकले स्क्रीन सेयर गर्ने छिन् ।
नेपाल आइडल सिजन २ का पहिलो गेल्डेन माइक पाउने प्रतियोगी मिनराज पौडेल र कृशल कंडेलको आवाज रहेको गीत ‘बरिलै…’ सार्वजनिक भएको छ । गितमा नृपेश उप्रेतीको शब्द तथा संगीत रहेको छ भने भिडियोमा कृशल र मिनराज तथा करिश्मा ढकाल फिचर्ड छ्न् ।
जेठ ३ गतेदेखी प्रदर्शनमा आउन लागेको चलचित्र 'विर विक्रम २'को यतिबेला जोडतोडले प्रचारप्रसार भैरहेको छ । प्रचारप्रसारको बिभिन्न उपायहरु अपनाउने क्रममा चलचित्र टिम बुधवार 'काठमाडौँ औद्योगिक, व्यापार, पर्यटन तथा बृहत सांस्कृतिक कार्यक्रम २०७६' मा सहभागी हुन पुगेको थियो ।
नायक राजेश हमाल संचालक रहेको 'केबिसी'को फ्रेन्चाइज सो 'को बन्छ करोडपती' को ३८औँ एपिसोडको लागी पत्रकार रवी लामिछानेलाई हट सिटमा निम्त्याइएको छ ।
रामकृष्ण श्रेष्ठ र जेनी खालिङको स्वर रहेको गीत 'रसिलो' सार्वजनिक भएको छ । दीपक शर्माको सङ्गीत रहेको गीतलाई डि.बि परीश्रमीले लेखेका हुन् ।
आफ्नो २६औँ जन्मोत्सब मनाएकी पुजा त्यस्ती नायिका हुन् जसका केटाकेटि, युवा युबती सबै उमेर समुहका फ्यान फलोअर्स छन् ।
भारतका चर्चित पार्श्व गायक कुमार सानुको स्वरमा रहेको नेपाली आधुनिक गीत ‘सयौँ जुनी सँगै जिउन’को भिडियो यूट्युब मार्फत सार्वजनिक भएको छ । 'फूल भए जिन्दगी', 'यो दुई थोपा आँशु', 'म त अब रिसाउँछु' लगायत दुई दर्जनभन्दा बढी नेपाली गीतमा स्वर दिइसकेका सानुले लामो समयपछी नेपाली गीतमा आवाज दिएका हुन् ।