२०१७मा प्रदर्शनमा आएको चलचित्र 'दुइ रुपैँया' युट्युबमा सार्वजनिक भएको छ । कमेडी/एक्सन जरामा निर्माण भएको चलचित्रलाई असिम शाहले निर्देशन गरेका हुन् भने निश्चल बस्नेतले निर्माण गरेका हुन् ।
यही सफल चलचित्रकी निर्देशकका साथमा नायिका यतिबेला चलचित्रको विदेश प्रदर्शनको लागी युरोप, अमेरिका लगायत देशको यात्रामा छन् ।
हाँस्य टेलिशृङ्खला 'भद्रगोल'का मुख्य कलाकारलाई फिचर्ड गरिएको गीत 'क्याल्कुलेटर' को भिडियो सार्वजनिक भएको छ ।
दयाहाङ राई स्टारर चलचित्र 'आप्पा'को यतिबेला प्रमोसन सुरु भएको छ । जेठ २४ बाट प्रदर्शनमा आउने तयारी गरिरहेको चलचित्रले बाबु छोराको सम्बन्धको कथा भन्ने बताइएको छ ।
'ब्राड पिट' र 'लियोनार्दो दि क्याप्रियो'लाई स्क्रीनमा हेर्न आतुर उनिहरुका फ्यानहरुमाझ उनिहरु अभिनित चलचित्र ‘वान्स अपन अ टाइम इन हलिउड’ चर्चाको विषय बनिरहेको छ । यसै प्रतिक्षित चलचित्रको ट्रेलर सार्वजनिक भएको छ ।
टिकटकमा एकसाथ आएपछी ब्रेकअपको लामो समयपछी अभिनेत्री निता ढुङ्गाना र आमेश भण्डारी पुन: एकचोटी चर्चामा आएका छन् । सम्बन्ध बिग्रीएपछी पनि एकसाथ देखिएको यो जोडिको पुनर्मिलन हुँदै त छैन ? भन्ने प्रश्न पनि चलचित्र वृतमा उब्जिएको छ ।
मिलन चाम्स निर्देशित चलचित्र 'बिर विक्रम २ ' हेर्न एक पछी अर्को गर्दै कलाकारहरु चलचित्र हेर्न हलमा पुगिरहेका छन् । यसै क्रममा सोमबार अभिनेत्री रिमा विश्वकर्मा चलचित्र हेर्न पुगेकी थिइन् ।
शुक्रबारदेखी प्रदर्शनमा आएको चलचित्र 'जात्रै जात्रा'ले बक्स अफिसमा राम्रो कलेक्सन गरिरहेको छ । चलचित्र 'बिर विक्रम २' सँग प्रतिष्पर्धामा उत्रीएको 'जात्रै जात्रा'ले समिक्ष्यकको पनि मन जितेको छ ।
चलचित्र ‘पोइ पर्यो काले’ को सोमवार राजधानीमा एक कार्यक्रमका बीच शुभ मुहूर्त गरिएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटाले चलचित्रको साइत गरेका थिए ।
नेपाली सिने संसारमा सम्बन्धहरु जोडिने र तोडिने क्रम दिनानुदिन भैरहेकै हुन्छ । यसैबिच यतिबेला प्रदर्शनमा आइरहेका दुइ चलचित्र 'जात्रै जात्रा' र 'बिर विक्रम २' का नायिकाहरु क्रमश वर्षा राउत र वर्षा सिवाकोटीको सम्बन्धलाई लिएर चलचित्र बजार बेला बेला तातिरहन्छ ।