मोडल तथा कलाकार परमिता आर.एल. राणाले अभिनयको क्षेत्रमा आफ्नो फरक पहिचान बनाइसकेकी छिन् । आफ्नो क्षमताको कुनै दायरा नभएको प्रमाणित गर्दै उनले गायिकाको रुपमा डेब्यु गरेकी छिन् ।
अर्पण थापाको निर्देशनमा निर्माण भएको हरर चलचित्र 'घर'को ट्रेलर सार्वजनिक भएको छ । श्रावण ३ गतेबाट देशब्यापी रुपमा प्रदर्शनमा आउने तयारी गरिरहेको चलचित्रको ट्रेलर निकै सस्पेन्स अनि डरलाग्दो रहेको छ ।
पछिल्लो समय दर्शकको अपार माया र साथ पाइरहेको गीत 'गलबन्दी' यतिबेला ट्रेन्डिङको नम्बर एकमा छ । लगातार केहि दिन यता आफ्नो स्थान स्थिर बनाउन सफल यस गीताका गायक सर्जक प्रकाश सपुत यतिबेलाका हट केक बनिरहेका छन् ।
आइडल सिजन २ का विजेता रवी ओड र गायिका पुष्पा पौडेलको आवाजमा रहेको गीत 'दिलको फ्रेममा' सार्वजनिक भएको छ । गीतकार देवल भण्डारीको शब्द रचना रहेको गीतको भिडियोमा अहिलेका हिट कलाकार आंचल शर्मा र पुष्प खड्का फिचर्ड छन् ।
फरक चरित्रमा काम गर्दै आएका बलिउड अभिनेता ऋतिक रोशन स्टारर प्रतिक्षित चलचित्र ‘सुपर ३०’को ट्रेलर सार्वजनिक भएको छ ।
काठमाडौं रात्री जीवनको कथा समेटिएको चलचित्र ‘झट्का’को ट्रेलर सार्वजनिक भएको छ । जेष्ठ ३१ गतेलाई रिलिज मिति तोकिएको चलचित्रको ट्रेलर युट्युबमार्फत सार्वजनिक गरिएको हो ।
लामो समयदेखी प्रेम सम्बन्धमा रहेका प्रेमिल जोडी सौगात मल्ल र शृष्टी श्रेष्ठ यतीबेला चलचित्र 'पोइ पर्यो काले' को सुटिङको लागी पोखरामा छन् । सुटिङ सेटमै भेट हुँदा यि जोडी एक अर्काको लारिफ गर्न र आफ्नो प्रेम सम्बन्धको बारेमा कुरा गर्न कत्ती पनि हिचकिचाएनन् ।
यो हप्ता तीन नयाँ नेपाली चलचित्र रिलिज भएका छन् । नेपाली चलचित्रले सोलो रिलिज पाउनु भनेको फलामको चिउरा चपाउनुसरह भएको छ । यसैबिच शुक्रबारबाट रिलिज भएको चलचित्र 'कुम्भ करण' ले शुक्रबार प्रेस सो आयोजना गरेको थियो ।
जेठ ३१ गतेबाट प्रदर्शनको तयारीमा रहेको योगेश घिमिरे निर्देशित सिनेमा ‘प्रेम दिवस’को शिर्ष गीत सार्वजनिक भएको छ । प्रियंका कार्की, आयुष्मान देशराज जोशी स्टारर चलचित्रको गीत विहिबार इन्टरनेटमा रिलिज गरिएको हो ।
अभिनेता दयाहाङ राईलाई पिताको भूमिकामा देखाइएको चलचित्र 'आप्पा'को ट्रेलर सार्वजनिक भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा गाडी दुर्घटनामा परेर ज्यान बच्न सफल चालक (दयाहाङ) र बालक (सिद्दान्त) (जसलाई दयाहाङले छोराको रुपमा पाल्छन्) बिच कथा घुमेको देखाइएको छ ।