एक साताअघि युट्युबमा रिलिज गरिएको ‘पारा’ बोलको गीतबाट र्यापर भिटेन फेरी एक पटक झमेलामा परेका छन् । भिडियोमा आपत्तिजनक शब्द प्रयोग भएपछि र्यापर भिटेनलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई चिठी लेखेको छ।
गायक पृथ्वी खनाल र मेचु धिमालको स्वरमा रहेको मलमल कुर्तावाली बोलको गीत सार्वजनिक गरिएको छ । गीत गायक खनालकै युट्युब च्यानल पृथ्वी खनालबाट सार्वजनिक भएको हो ।
सुधिर श्रेष्ठ र रियाशा दाहाल अभिनित ‘कुरा काट्ने मान्छे’ गीतको भिडियो युट्युबको ट्रेन्डिङ नम्बर १ मा उक्लिएको छ । गायिका एलिना चौहान र सुभाष पुरीको आवाज रहेको 'कुरा काट्ने मान्छे' बोलको गीत आइतबार युट्युबमा सार्वजनिक गरिएको हो ।
'को होला त्यो मसँग आँखा जुधाउने', 'रोगै पिरती', 'सोल्टिनी भनी बोलाको', 'मुग्लान' लगायतका चर्चित गीतका गायक सुनिल गिरीले दशैँको अवसर पारेर नयाँ गीत 'मसला' सार्वजनिक गरेका छन् । कोरोना कहरको समयमा पनि सङ्गीत सृजनामा निकै तल्लीन गायक गिरीले आफ्नै निर्देशनमा तयार पारेको 'मसला'मा सुनिललाई स्वरमा साथ गायिका एलिना चौहानले दिएकी छिन् ।
नवोदित गायक कृष्ण कार्कीले अर्का गायक पवन भाटसँगको सहकार्यमा दसैँ तिहारलाई लक्षित गर्दै ‘ए आमा’ बोलको गीत सार्वजनिक गरेका छन् । दसैँ र तिहारको मर्म बोकेको गीतमा दसैँ र तिहारमा टाढा रहँदाको पिडालाई व्यक्त गरिएको छ । नेपालीहरूको महानपर्वको रूपमा हेरिने दसैँ र तिहारलाई हर्सोलासका साथ मनाइन्छ ।
कोरोना महामारीबीच फ्रन्टलाईनमा रहेर बिरामीको सेवा गर्ने दुई डाक्टरको प्रेमकथामा आधारित साङ्गीतिक भिडियो 'निदाउके सपनीमा' सार्वजनिक भएको छ । दशैँको छेकोमा सार्वजनिक भिडियोमा समावेश गीतमा सुगम पोखरेल र कबिता श्रेष्ठको स्वर रहेको छ । रमेश कुमार श्रेष्ठका शब्दमा एलिश कार्कीको सङ्गीत रहेको छ ।
प्रताप दास र एन्जिला रेग्मीको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । 'पावरवाला चस्मा' बोलको गीत बुधवार युट्युबमा सार्वजनिक गरिएको हो ।
नव गायक प्रमोद महतको स्वरमा रहेको गीत ‘ए कान्छी ’ बोलको भिडियो सार्वजनिक गरिएको छ । प्रमोद महत तथा सुजन खुलालको शब्द र पुस्कर सुनुवारले सङ्गीत भरेका हुन् ।
गायक विशाल कालतेन र गायिका प्रविशा अधिकारीको स्वर रहेको गीत ‘इशारा काफी छ’को भिडियो सार्वजनिक भएको छ । गीतमा प्रदीप थुलुङको शब्द र विशाल कालतेनको संगीत छ ।
दीपक सिलवालको शब्द तथा सङ्गीतमा गायक शिव परियार र निरुषा भट्टराईको स्वरमा रहेको नयाँ गीत ‘छलक छलक छल्क्यो माया’ सार्वजनिक भएको छ ।