2083 भाद्र 6, शनिबार

प्रेम गरेको 'कल्लाई था छैन' भन्दै पुष्प र रेश्मा(भिडियो)

हिमाल सागर र स्मिता ढकालको आवाज रहेको गीत 'कल्लाई था छैन' सार्वजनिक भएको छ । यादब लम्सालको शब्द रहेको गीतमा अर्जुन पोख्रेलले सङ्गीत भरेका छन् भने एरेन्ज पनि उनले  नै गरेका हुन् ।

‘काले दाइ' को गीत ‘यो दुनियाँ मेरो लागि’ सार्वजनिक(भिडियो)

शिव शर्माले निर्देशन गरेको चलचित्र ‘काले दाइ' को गीत ‘यो दुनियाँ मेरो लागि’ सार्वजनिक भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको गीतमा ‘नेपाल आइडल’ पहिलो सिजनका प्रतिस्पर्धी सुरज थापाले स्वर भरेका छन् ।

मुन्नीको 'कालो कोठी'मा अल्झेका बले(भिडियो)

टेकन दाहालको एकल स्वरमा ‘कालो कोठी’ बोलको गीत सार्वजनिक भएको छ । प्रेम पाण्डे(अनुपम)को शब्द तथा सङ्गीत रहेको गीत आइतबार युट्युव मार्फत सार्वजनिक भएको हो ।

भिमफेदी गाइजको पूर्वी भाकामा कम्मर मर्काउँदै एलिशा

राज पौडेलको स्वर उमेश रेग्मीको शब्द सङ्गीतमा रहेको गीत 'जति हेर्यो' सार्वजनिक भएको छ । पूर्वेली भाकामा तयार भएको गीतको भिडियोलाई भिमफेदी गाइजले तयार पारेको हो ।

‘जय जय शिवशङ्कर’मा ऋतिक र टाइगरको नृत्य प्रतिष्पर्धा

आगामी अक्टोबर २ बाट प्रदर्शनमा आउने ऋतिक रोशन र टाइगर श्रोफ स्टारर चलचित्र ‘वार’को नयाँ गीत रिलिज भएको छ । ‘जय जय शिवशङ्कर’ बोलको होली गीतमा यी दुई नायकको प्रतिस्पर्धा देखाइएको छ ।

गीत रिलिज: सृष्टिसँग 'मन छोडी' हिँडेका आकाश (भिडियो)

केदार बरुवाल छेत्रीको स्वर रहेको गीत ‘मन छोडी’ सार्वजनिक भएको छ । रवि मल्लको शब्द रचनामा कल्याण सिंहको सङ्गीत रहेको गीतको भिडियो सहित इन्टरनेटमा सार्वजनिक गरिएको हो ।

गीत रिलिज:‘कबड्डी ३' मा माया पिरती साँट्दै दयाहाङ र उपासना(भिडियो)

असोज ३ गतेबाट प्रदर्शनमा आउन तयारीमा रहेको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ को गीत 'माया पिरती' सार्वजनिक भएको छ ।

ह्योल्मो चलचित्र “मेतोक’को गीत ‘ह्योल्मो युल्ला’ रिलिज(भिडियो)

ह्योल्मो भाषाको चलचित्र “मेतोक’ को दोस्रो गीत ‘ह्योल्मो युल्ला’ सार्वजनिक भएको छ ।

गीत रिलिज: 'बुढो हुन मन छैन' भन्दै आकाश र नवराज(भिडियो)

एरिक गिरीको गीत 'बुढो हुन मन छैन' सार्वजनिक भएको छ । शुक्रवार युट्युबमा सार्वजनिक भएको गीतले ढल्किँदै जाने जवानी र यस प्रतिको प्रेमको भाव बोकेको छ ।

‘प्रेम संसार’को पहिलो गीत ‘सुनैना सुनैना' रिलिज (भिडियो)

आगामी मङ्सिर १३ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘प्रेम संसार’को पहिलो गीत सार्वजनिक भएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको पहिलो गीत सार्वजनिक गरिएको हो ।