कङ्गना रनावत अभिनीत चलचित्र 'पंगा'को ट्रेलर सार्वजनिक भएको छ । बलिउडमा सबैसँग पंगा लिए अभिनेत्रीको रूपमा चिनिएकी कङ्गनाले चलचित्रमा पनि पंगा लिइरहेको देख्न सकिन्छ ।
यसै भिडमा मिसिँदै निर्देशक प्रिया दर्शनले चलचित्र ‘हंगामा’को सिरिज बनाउने भएका छन् ।
निकेश खड्काको निर्देशनमा बन्दै गरेको चलचित्र ‘चपली हाइट ३’को छायाङ्कन सकिएको छ । काठमाडौँ वरिपरि खिचिएको यस चलचित्र ३२ दिनमा प्याक अप भएको हो ।
भारतकी प्रसिद्ध गायिका आशा भोस्ले बुधवार नेपाल आउने भएकी छिन् । साधना कला केन्द्रको निमन्त्रणामा उनी नेपाल आउन लागेकी हुन् ।
चलचित्र ‘गोपी’ युट्युबमा सार्वजनिक भएको छ । दीपेन्द्र लामाको निर्देशनमा बनेको यस चलचित्र सोमबार युट्युबमा सार्वजनिक गरिएको हो ।
गत शुक्रवार हलमा नेपाली फिल्म नै रिलिज भएनन् । यसको कारण हो बलिउड प्रतीक्षित चलचित्र '‘दबंग ३’ को प्रदर्शन ।
६६औँ भारतीय राष्ट्रिय अवार्डमा अभिनेता विक्की कौशल र आयुष्मान खुरानाले उत्कृष्ट अभिनेताको अवार्ड हात पारेका छन् । विक्कीलाई 'उरी: द सर्जिकल स्ट्राइक' र आयुष्मानलाई 'अन्धाधुन्ध' बाट उत्कृष्ट अभिनेताको उपाधि दिइएको हो ।
सुरज बड्जात्याको निर्देशनमा बनेको मेने प्यार किया सफल भएसँगै निर्देशक सुरज र नायक सलमान दुबैका दिन फर्किए र कहिल्यै पछाडि फर्कनु परेको छैन ।
मिस वर्ल्ड २०१९ मा दुई उपाधि हात पार्दै उत्कृष्ट १२ मा छानिन सफल नेपालकी सुन्दरी अनुष्का श्रेष्ठ स्वदेश फर्किएकी छिन् ।
अभिनेता सलमान खान र सोनाक्षी सिन्हा अभिनित चलचित्र ‘दबंग ३’ शुक्रबारबाट विश्व भर प्रदर्शनमा आएको छ । सलमान खान स्टारर चलचित्रले अपेक्षा अनुरुपको ओपनिङ भने गर्न सकेन ।