बलिउड चलचित्र ‘गुड न्युज’को ‘लाल घाग्रा’ बोलको गीत सार्वजनिक भएको छ ।
हिउँ परिरहेको बेलामा छायाङ्कन गर्नुपर्ने दृश्य भएकाले छायाङ्कनमा केही कठिनाइ भए पनि काम भइरहेको सन्तोष सेनले बताएका छन् ।
प्रेम कथामा निर्माण हुने चलचित्र ‘शुभ मङ्गल’ मा नायिका सुरविना कार्की देखिने भएकी छिन् । पछिल्लो समय अभिनयबाट टाढा रहेकी सुरविनाले चलचित्र ‘लप्पन छप्पन २’मा साइन गरेकी थिइन् ।
बलिउडको निकै सफल चलचित्र 'गोलमाल'को पाँचौँ भाग बन्ने भएको छ । बलिउड चलचित्रको सफल सिरिज मध्य को 'गोलमाल' सिरिज पाँचौँ भाग सम्म बन्न लागेको बलिउड कै पहिलो सिरिज हो ।
आइएमई नेपाल साहित्य महोत्सवको चौथो दिन अर्थात् अन्तिम दिन सोमवार चलचित्र सम्बन्धी सेसन सफलता पूर्वक सम्पन्न भयो ।
आज पुस १ गते नेपाली कला क्षेत्रका तीन हस्तीको जन्म दिन परेको छ । आज लोकप्रिय गायक सङ्गीतकार कालीप्रसाद बास्कोटा, अभिनेत्री केकी अधिकारी र चर्चित अभिनेता आयुष्मान देशराज जोशीको जन्म दिन परेको छ ।
यिनै जाह्नवी अब साउथ इन्डियन चलचित्रमा देखिने भएकी छिन् । उनले ‘अर्जुन रेड्डी’ सुपरस्टार विजय देवरकोन्डासँग रोमान्स गर्ने तयारी गरिरहेको बलिउड मिडियाले बताइरहेका छन् ।
पूजा शर्मा र पल शाहको मुख्य भूमिका रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को गीत युट्युबको ट्रेन्डिङको एक नम्बरमा पर्न सफल भएको छ ।
दयाहाङ राई स्टारर चलचित्र ‘नीरफूल’को नयाँ रिलिज मिति सार्वजनिक गरिएको छ । यसअघि वैशाख र भदौमा नै प्रदर्शनमा आउने भनिएको चलचित्र फागुन ३० गतेबाट प्रदर्शनमा आउने भएको छ ।
किम्फको अन्तर्राष्ट्रिय प्रतिस्पर्धा तर्फको प्रथम पुरस्कार माइकल सुलिमाको चलचित्र‘पियानो टु झंस्कर’ ले जितेको छ । यस चलचित्रले दुई लाख रुपैयाँको पुरस्कार राशि हात पारेको छ ।