नेपालमा हरेक वर्ष सय हाराहारीमा चलचित्र निर्माण हुन्छन् तर निर्माण भएका बाट औँलामा गन्न सकिने चलचित्रले मात्र लगानी उठाउँछन् बाँकीले लागी निर्मातालाई पश्चात्ताप बाहेक केही दिँदैन ।
सत्य घटनामा आधारित चलचित्र ‘कोपिला’को ट्रेलर सार्वजनिक भएको छ । बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीय निर्मला पन्तको वास्तविक कथामा आधारित चलचित्रको ट्रेलर शुक्रवार इन्टरनेटमा सार्वजनिक गरिएको हो ।
नायक सलमान खानको ‘दबंग ३’ देशभरका सिनेमा हल कब्जा गरेका छन् । भने नेपालका सबै मल्टिप्लेक्स सिनेमा हलले हिन्दी फिल्म ‘दबंग ३’ लाई शतप्रतिशत सो दिएका छन् ।
चलचित्र ‘दि कर्माको पहिलो गीत सार्वजनिक भएको छ । आगामी माघ १७ गतेबाट प्रदर्शनमा आउने चलचित्रको ‘बजार लाग्या छ’ बोलको गीत सार्वजनिक भएको हो ।
चलचित्रले प्रदर्शनको गौरवमय ५१औँ दिन पुरा गरेको अवसरमा शान्ति आधारभूत विद्यालय नवलपुरका अनाथ बालबालिकालाई तीन लाख रुपैयाँ र न्यानो लुगा हस्तानतरण गरिएको छ । चलचित्रकी निर्मात्री कलाकार दीपाश्रीले आफ्नो सामाजिक सञ्जालमा यस बारे जानकारी दिएकी हुन् ।
'सिने स्टार अवार्ड २०२०' का लागि उत्कृष्ट तीनको मनोनयन सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमका बिच आयोजकले १२ विधामा उत्कृष्ट तीनको मनोनयन सार्वजनिक गर्दै मनोनीत स्रष्टालाई प्रमाणपत्र वितरण गरेको छ ।
असिफ साहको स्वर रहेको गीत 'बाटो बिराएँ' सार्वजनिक भएको छ । असिफकै शब्द तथा सङ्गीत मा तयार भएको गीत बिहीबार इन्टरनेटमा सार्वजनिक गरिएको हो ।
हास्य कलाकार तथा समाजसेवी धुर्मुस-सुन्तलीको जोडिले चलचित्र निर्माण गरेको चलचित्र 'सेन्टी भाइरस'को पहिलो गीत सार्वजनिक भएको छ ।
बलिउड चलचित्र 'बन्टी और बब्ली' को दोस्रो भाग बन्ने भएको छ । रानी मुखर्जी र सैफ अलि खानको मुख्य भूमिका रहने चलचित्रको अघिल्लो भागमा रानी र अभिषेक बच्चन मुख्य भूमिकामा थिए ।
ऋतिक रोशन स्टारर यस वर्षको सफल बलिउड चलचित्र 'सुपर ३०'को रिमेक बन्ने भएको छ । बलिउड लगायत विश्वभर नै प्रशंसा कमाएको यस चलचित्रको हलिउड रिमेक बन्ने भएको हो ।