2083 अश्विन 22, विहिबार

आज सलमान खानको जन्मदिन, ५४ वर्षमा प्रवेश

बलिउड नायक सलमान खानको आज जन्मदिन परेको छ । उनी आजबाट ५४ वर्षमा प्रवेश गरेका छन् । खानले भाइ सोहेल खानको घरमा जन्मदिन मनाएका छन् ।

अर्को दशैँमा दीपक दीपाको 'छक्का पन्जा ४'

चर्चित चलचित्र 'छक्का पन्जा' सिरिज को चौथो भाग बन्ने भएको छ । 'छक्का पन्जा ३' पछि ‘छ माया छपक्कै’ निर्माण गरेका दीपकराज गिरी र उनको टिमले फेरि ‘छक्का पन्जा’कै सिरिजलाई निरन्तरता दिने भएको हो ।

हेरिटेज अफ फेसन नेपाल अष्ट्रेलियामा हुने

अस्ट्रेलियामा हेरिटेज अफ फैसन नेपाल २०२० हुने भएको छ । नेपाली कला तथा संस्कृतिको संरक्षण तथा प्रर्वद्धनाको उद्देश्यले फेब्रुअरी १५, २०२०मा कार्यक्रम आयोजना हुन लागेको हो ।

विपिनको ‘गोपी’ युट्युब ट्रेन्डिङको १ नम्बरमा

विपिन कार्की स्टारर चलचित्र ‘गोपी’ युट्युब ट्रेन्डिङको एक नम्बरमा पर्न सफल भएको छ ।

किन गर्भवती बन्न चाहन्छिन् कियारा ?

बलिउड चलचित्र 'गुड न्युज' भोलि शुक्रवारबाट प्रदर्शनमा आउँदै छ । अक्षय कुमार, करिना कपुर खान, कियारा आडवाणी र दिलजित दोसाँझ स्टारर चलचित्र निकै प्रतीक्षित बनेको छ ।

'नेपाल आउन पाउँदा खुसी छु', आशा भोस्ले(फोटो फिचर)

साधना कला केन्द्रको निमन्त्रणामा उनी नेपाल आएकी उनले शनिवार सङ्गीतकार रणजीत गजमेरको सङ्गीत रहेका केही गीत प्रस्तुत गर्ने छिन्

रामकृष्ण ढकाल भन्छन्, 'हामी सँधै झैँ हाँसी खुशी परिवारमा संगै छौँ'

बिहीबार उनले सामाजिक सञ्जाल मा एक लामो स्ट्याटस राखेका छन् । जसमा उनले आफ्नो पारिवारिक सम्बन्धको बारेमा आइरहेका सबै समाचार र अडकल बाजी मिथ्या हो भनेका छन् ।

के पैसाले गरायो गायक ढकालको सम्बन्ध विच्छेद?

पछिल्लो समय सम्बन्ध विच्छेद विवाह जस्तै सामान्य प्रक्रिया भैसकेको छ । त्यसमा पनि सर्वाधिक सम्बन्ध विच्छेदका भुक्त भोगी बनिरहेका छन् नेपाली कलाकारहरू ।

नायिका विनीता बराललाई पुत्री लाभ

नायिका विनीता बराललाई पुत्री लाभ भएको छ । गएको दसैँमा आफू गर्भवती भएको भन्दै शुभचिन्तकमाझ खुसी साटेकी ‘चपली हाइट’ अभिनेत्रीले अमेरिकामा छोरीलाई जन्म दिएकी हुन् ।

आशा भोस्ले काठमाडौँमा: विमानस्थलमा गरियो भव्य स्वागत(भिडियो)

भारतकी प्रसिद्ध गायिका आशा भोस्ले बुधवार अपराह्न काठमाडौँ आइपुगेकी छिन् । साधना कला केन्द्रको निमन्त्रणामा उनी नेपाल आएकी उनले शनिवार सङ्गीतकार रणजीत गजमेरको सङ्गीत रहेका केही गीत प्रस्तुत गर्ने केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानले जानकारी दिएका छन् ।