‘द भ्वाइस अफ नेपाल सिजन २’ को विजेता राम लिम्बु बनेका छन् । हिमालय टेलिभिजनबाट प्रसारण भएको चर्चित रियालिटी सो 'भ्वाइस अफ नेपाल सिजन २’ मा कोच प्रमोदको तर्फबाट अन्तिम चार प्रतिस्पर्धीको लिस्टमा परेका थिए ।
अभिनेता दयाहाङ राई र वर्षा सिवाकोटी ’डबल सी’ नामक भिटामिन जुसको ब्रान्ड एम्बासडर नियुक्त भएका छन् ।
अभिनेत्री ऋचा शर्मा वैवाहिक जीवनमा बाँधिएकी छन् । शनिवार प्रेमी दिपेक्ष विक्रम राणासँग उनले लगनगाँठो कसेकी हुन् ।
चलचित्र ‘चालबाज’को आज दार्जिलिङको मिरिकमा शुभ साइत गरिएको छ । सौरभ इन्भेस्टमेन्ट र बालाली प्रोडक्शनको ब्यानरमा निर्माण हुने चलचित्र को छायाङ्कन भोलिदेखि सुरु हुने भनिएको छ ।
निर्देशक विशाल भण्डारी भन्छन् ,’क्वालिटीको कन्टेन्ट दिने हो भने विदेशी शोको अधिकार महँगोमा खरिद गर्नै पर्दैन ।’
नेपालको प्रतिनिधी गरिरहेकी अनुष्का श्रेष्ठ भोटिङको दोस्रो स्थानमा छिन् । पहिलो स्थानमा भियतनामकी लोअङ थुय लिंह रहेकी छिन् ।
मसिंर २१ गते दिपेक्ष विक्रम राणासँग वैवाहिक बन्धनमा बाँधिन लागेकी अभिनेत्री ॠचा शर्माको बिहेको माहौल हिजोबाट नै सुरु भइसक्यो ।
उनी शुक्रवार कोरियोग्राफर प्रवीण सिंहले सञ्चालनमा ल्याएको 'द डान्स हाउस'को उद्घाटन गर्न महाराजगन्ज पुगेका थिए ।
चलचित्रमा मुख्य अभिनेता प्रदीप खड्काको र मुख्य अभिनेत्री क्रिस्टिना गुरुङको बालापनको भूमिका निभाएका अनुभव रेग्मी र योगीशा खत्रीको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ ।
माराकेच फिल्म फेस्टिभलमा बलिउड अभिनेत्री प्रियंका चोपडा सम्मानित भएकी छिन् । मोरक्को स्थित जेमा एल फना स्क्वायरमा आयोजित कार्यक्रममा उनलाई सम्मान गरिएको हो । योसँगै उनी माराकेच फिल्म फेस्टिभलमा सम्मानित हुने पहिलो भारतीय कलाकार बनेकी छिन् ।